KFC मा NEPALPAY QR बाट भुक्तानी गर्दा १०% क्यासब्याक

(१२ पुष, २०७९)
काठमाण्डौं, KFC Nepal Restaurant का ग्राहकहरुले अब NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपाल भरीका KFC आउटलेटहरुमा पुष २३ गतेसम्म उपलब्ध हुनेछ ।
Static QR को रुपमा हालै उक्त रेस्टुरेन्चमा जडान भएको NEPALPAY QR ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । KFC मा NEPALPAY QR सेवा सन्राईज बैंकको सहकार्यमा सुचारु गरिएको हो । फास्टफुडको रुपमा विश्व परिचित ब्रान्ड kfc मा अब उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।
हाल NEPALPAY QR सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, CellPay, MORU र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको QR scan screen मा NEPALPAY लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।
थप जानकारीका लागि https://connectips.com/knowmore/KFCoffer/ मा हेर्नुहोस् ।

