काठमाण्डौं, भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब  NEPALPAY QR  स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा पुष १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ ।

Dynamic QR   को रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको  NEPALPAY QR ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । भाटभटेनीमा NEPALPAY QR  को सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा MOCO फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल NEPALPAY QRको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स,  CellPay, MORU  र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको  QR scan screen  मा  NEPALPAYs लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

थप जानकारीका लागि    https://connectips.com/knowmore/bhatbhatenicashback/    मा हेर्नुहोस् ।