माछापुच्छ्रे  बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोज्यूले नेपाल राष्ट्र बैंकका श्रीमान् गभर्नर श्री महाप्रसाद अधिकारीज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरज्यूहरु, कार्यकारी निर्देशकज्युहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यज्यूहरु तथा प्रमुख कार्यकारी अधिकृतज्यू लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छे बैंकको मिति २०७९÷०८÷१२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोज्यूलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसक्नु भएका डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।