जापान नेपाल व्यापारिक मैत्री सम्बन्ध लाई अझै सहज र बलियो बनाउन लाई आइडिया स्टुडियो नेपाल, LeadX नेपाल र Fourth Valley Concierge Corporation Japan सँगको सहकार्यमा नोभेम्बर ३०, २०२२ (मंसिर १४) देखि डिसेम्बर ४ (मंसिर १८), २०२२ सम्म जापानी २५ ठूला कम्पनीका पर्यटन र आतिथ्य लगानीकर्ता जापानी अतिथिहरूलाई आमन्त्रित गर्ने शिखर सम्मेलन आयोजना गर्दैछ। यस भ्रमण मा विभिन्न कार्यक्रम हरु समाहित गरिएको छ जसले नेपाल र जापान को व्यापारिक सम्बन्ध लाइ बलियो बनाउने साथे नेपाल मा जापनी लगानी भित्राउन अनि नेपालि प्रतिभा लाई जापानी बजार मा एक उच्च स्थान दिने पनि विश्वास लिएको छ। यस शिखर सम्मेलन नेपाल पर्यटन विकास बोर्ड, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र साथै लिपफ़्रग आईटि कम्पनि को सहकार्य मा गरिएको हो, यस भ्रमण मा जापानी प्रतिनिधिहरु ले नेपाल मा सम्भावना अन्वेषण गर्न बिभिन्न आइटी कम्पनि, विश्वविधालय हरुको पनि भ्रमण गर्नु भएको छ, जसले अब आउने भविश्य का दिनहरुमा जापानी लगानीकर्ता लाई नेपाल मा लगानी गर्नका निम्त सहज भूमिका निर्वाह गर्नेछ।

नेपाल मा प्रतिभा हरु र दक्ष जनशक्ति हरु टन्नै छन् तर उनीहरुले विश्व बजार मा आफुलाई एक अब्बल जनशक्ति को रुपमा प्रस्तुत गर्न भने कमै अवसर पाएको छ त्यसैले पनि LeadX Nepal र Fourth Valley को प्रयास मा जापानी लागानिकर्ता हरु लाई शिखर सम्मेलन मा नेपाल को प्रतिभा बजार सँग परिचित गराउने पनि हो, विश्व बजार मा विकासौन्मुख देश भनेर चिनिदै आएको मुलुक को दक्ष जनशक्ति ले बनाएका विभिन्न प्रविधि सिप लाई अझै मद्धत गर्ने उद्देश्य ले LeadX र FVC ले जापान-टाउन को अवधारणा लाइ पनि अगाडि सारेको छ, जापान टाउन मा आईटि का हाम्रा प्रतिभा हरु विश्वबजार मै आईटि मा प्रखायत मानिने जापान का लागि तयार हुदै छन्।

सोहि जापान टाउन मा नेपाल का विभिन्न ठुला आईटी कम्पनि हरु veda app, world link, khalti, fuse machine, advance engineering college सँग पनि उँहाहरुले अन्तरक्रिया गर्नु भएको छ साथै त्रिभुवन विश्व विधालय सँग पनि भेटवार्ता गरेर उँहा हरुले अन्तरक्रिया गर्नुभएको छ, यस्ता कार्यक्रम हरु ले जापानी प्रतिनिधिहरु को नेपाल मा लगानी गर्न का लागि मनोबोल अझै बढेको महसुस हामीले गरेका छौ।

नेपालमा प्रचुर मात्रामा दक्ष जनशक्ति भए पनि नेपालमा रोजगारीको अवसरको अभाव छ । अर्कोतर्फ, कोभिड–१९ को सङ्क्रमणपछि जापानमा पहिलेभन्दा ठूलो श्रमिक अभाव हुने अपेक्षा गरिएको छ । विशेष गरी, विकासको केन्द्र भएका चीन र भियतनाममा बढ्दो श्रम लागत र येनको अवमूल्यनले आईटी उद्योग प्रभावित भएको छ।
प्रतिव्यक्ति 1,155 (USD) को जीडीपी भएको एसियाकै गरिब देश नेपाल मा फोर्थ भ्यालीले भर्खरै स्थापित जापानटाउन मार्फत नयाँ रोजगारी सृजना गर्ने र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने, जापानमा श्रमिक अभाव र औद्योगिक विकासमा पनि योगदान पुर्‍याउनेछ।

जापान टाउन का मध्यम बाट नेपालि दक्ष जनशक्ति लाई रोजगार समर्थन गरिनेछ जसले आईटी इन्जिनियरहरू (नेपाल, जापानमा), offshore विकासमा केन्द्रित जापानी कम्पनीहरूमा रोजगारी गर्न पाउने छन्। साथै यो अवधारणा ले जापानी भाषा शिक्षा: जापानमा अध्ययन, रोजगारीको लागि आवश्यक जापानी भाषा शिक्षाको कार्यान्वयन, मानव संसाधन विकास मा पनि जोड दिने छ। विदेशमा अध्ययन गर्न चाहने हाम्रा विधार्थी लाई पनि विशेष समर्थन गर्ने लक्ष्य पनि हामीले लिएका छौ। जापानमा अध्ययन गर्न चाहनेहरूको अधिग्रहण र समर्थन गर्ने उद्देश्य ले नेपाली शैक्षिक संस्थाहरु (उच्च विद्यालय, विश्वविद्यालय, आदि) सँग पनि सहकार्य गरिएको छ साथै नेपाल र जापानबीच आदानप्रदानका अवसर र व्यापारका अवसरहरू उपलब्ध गराउने उद्देश्य हामीले लिएका छौ।

नेपालको राजधानी काठमाडौंको अनामनगर स्थित जापानटाउन भवनमा हामीले विदेशमा करियर र अध्ययनका लागि परामर्श डेस्क स्थापना गरेका छौं र आउन चाहने जनशक्तिलाई अवसर प्रदान गरेका छौं।यस जापान टाउन मा जापान र नेपालबीचको सञ्चार केन्द्रको रूपमा काम गर्न जापानी भाषा शिक्षाको लागि जापानी भाषा तालिम केन्द्र, क्याफे, सम्मेलन कक्ष, कार्यस्थल आदि उपलब्ध गराइनेछ।