नेपाल एसबिआई मर्चेन्टको सातौँ वार्षिक साधारणसभा सम्पन्न

यस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. का शेयरधनीको सातौँ वार्षिक साधारणसभा मिति २०७९ मंसिर १९ गते (तद्नुसार ०५ डिसेम्बर २०२२) नेपाल एसबिआई बैंक लि. को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.ब. २०७८÷७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८÷७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो ।
उक्त साधारणसभाले आ.व. २०७९÷८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

