गरिमा क्यापिटल लिमिटेडले ल्यायो यस्ता आकर्षक सुबिधा

गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको सम्बन्धित सम्पूर्ण ग्राहक महानुभावहरुलाई जानकारी गराउन चाहन्छौं ।
गरिमा क्यापिटल लिमिटेडले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये एक प्रमुख सेवा लगानी व्यवस्थापन सेवा (Portfolio Management Services) हो, जुन हालको सन्दर्भमा नेपालको शेयर बजारसँग सम्बन्धित छ । ग्राहकको लगानीको उद्देश्य, लगानीको अवधि, प्रतिफलको चाहना र जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई मध्यनजर गर्दै लगानीको योजना तर्जुमा गर्ने, सोहि योजना बमोजिम ग्राहकसँग सम्झौता गर्ने र उक्त सम्झौता बमोजिम ग्राहककै नाममा धितोपत्र (शेयर, म्युचुअल फण्ड, ऋणपत्र आदि) खरिद बिक्री गरी ग्राहकलाई प्रतिफल प्रदान गर्ने सेवा नै लगानी व्यवस्थापन सेवा हो ।
यो सुविधा गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी, काठमाडौँ स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईट https://pms. garimacapital.com मा गई उपभोग गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९/५०, ४५१६६९१ वा मोबाईल नम्बर ९८४७३७९००६ मा Viber/Whatsapp/ Message/Call गरी सोझै सम्पर्क गर्न सक्नुहुनेछ ।
यो सेवा उपभोग गर्ने ग्राहक महानुभावहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै सम्पूर्ण विवरण हेर्ने व्यवस्था मिलाइएको छ । फोन मार्फत प्रत्यक्ष कुरा गरी लगानी व्यवस्थापन सेवाको प्रक्रिया र विशेषताहरु विस्तृत रुपमा बुझ्नका लागि तल दिईएको लिंकमा गई तपाईलाई उपयुक्त समय हामीलाई जानकारी गराउन सक्नुहुनेछ ।
Link: https://calendly.com/ appointmentpms/portfolio- management-services- appointment
Link: https://calendly.com/
थप जानकारीका लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९/५०, ४५१६६९१ वा मोबाईल नम्बर ९८४७३७९००६ मा Viber/Whatsapp/ Message/Call गरी सोझै सम्पर्क गर्न सक्नुहुनेछ ।

