टाटा मोटर्सबाट EV किन्नु अझ सजिलो हुन्छ

• एभरेष्ट बैंकले टाटा मोटर्सबाट विद्युतीय सवारी किन्न चाहने कुनै पनि व्यक्ति वा संस्थालाई सजिलो, किफायती ऋण उपलब्ध गराउने
• नेपालका सबै शाखाहरूमा १२.८% ब्याजदरमा अटो लोन उपलब्ध छ
• 7 वर्ष सम्म 80 प्रतिशत सम्म वित्तपोषण
काठमाडौं, १२ मंसिर : सिप्रदी ट्रेडिङ प्रा. लिमिटेड (STPL) ले टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई ८०% सम्मको सवारी साधन ऋण दिने सम्बन्धमा हालै एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ। हाल, टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी, नेपालका उत्कृष्ट इलेक्ट्रिक गाडीहरू प्रदान गर्दछ।
सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन् । सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम ऋण प्रवाह गरिनेछ ।
Tata EV छनोट गर्ने ग्राहकहरूले अब टाटा मोटर्सबाट कुनै पनि विद्युतीय सवारीसाधन खरिद गर्नका लागि थप सहज र द्रुत प्रक्रिया समय पाउनेछन्।
नेपालमा EVs को प्रयोगलाई तिब्रता दिन टाटा मोटर्स र SIPRADI ले २ वटा बिभिन्न विद्युतीय सवारी साधनहरु प्रदान गर्दछ; नेपालमा सबैभन्दा मनपर्ने इलेक्ट्रिक SUV – Nexon EV र सबैभन्दा रुचाइएको इलेक्ट्रिक Sedan – Tigor EV। टाटा मोटर्सबाट विद्युतीय सवारी साधनहरू बारे थप विवरणहरूको लागि, कृपया https://cars.tatamotors.com.np/utility-vehicles/nexon-ev.php मा जानुहोस्।
।

