विएफएसआई पार्टनरसीप समिट सम्पन्न

नेपाल र भारत दुई देश बीचका बैंक तथा वित्तिय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुईदेशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ्ग विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने उद्देश्यले बैंकिङ्घ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्श भारतको सहकार्यमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट –२०२२ कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेपाल र्राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नुभएको हो ।
उद्घाट मन्तव्य राख्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रलाई मज्वुत बनाउनको लागि निर्यात प्रवद्र्धनमा जोडदिनु पर्ने बताउनु भयो । नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव चाँडैनै समाधान हुने उहाँको धारणा थियो । त्यसैगरी दुबै देशबीच रेमिटेन्सलाई फर्मलच्यानलबाट आदान प्रदान गर्नको लागि जोडदिन आग्रहसमेत गर्नु भयो । विगत ३ महिनामा निर्यात वृद्धि भएकोले भुक्तानी सन्तुलन सकारात्मक रहेको बताउनु भयो ।
कार्यक्रममा दुई देशबीच बैंक, वित्तिय संस्था र इन्स्योरेन्स क्षेत्रका रेगुलेटरी र कमर्शियल नीतिहरु थप प्रभावकारी बनाउनको लागि नेपाल दुईदेशका विज्ञहरुले आआप्mनो धारणा राख्नु भयो । यस सत्रको चेयर नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर बमबहादुर मिश्रले गर्नु भएको थियो भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, रामु पौडेल, गुरुप्रसाद पौडेलले नेपाल र भारत बीच देखिएका व्यवहारिक र नीतिगत व्यवस्थाहरुका सम्बन्धमा धारणा राख्नु भयो । भारतका विएफएसआइ विज्ञ अनुकुल भट्नाकरले सहकार्यका क्षेत्र र टेक्नोलोजीको विकास र यसले वित्तिय क्षेत्रमा पार्ने प्रभावका बारेमा धारणा राख्नु भएको थियो । त्यसै गरी सुदिन राय चौधरीले भारत र नेपालको बीमा क्षेत्रको वर्तमान अवस्थालाई उधृत गर्दै थप सहकार्यका मार्गहरु बारेमा प्रकाश पार्नु भयो ।
कार्यक्रममा नेपाल र भारतवीच बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स क्षेत्रमा सम्भावित सहकार्यका सम्बन्धमा छलफल भएको थियो । छलफलमा यस क्षेत्र बाहेक हाइड्रो प्रोजेक्ट र कृषिमा समेत लगानीका सम्बन्धमा छलफल भएको थियो । पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले अध्यक्षता गर्नुभएको यस सत्रमा डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रधुमन पोखरेल, नेपाल वित्तिय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधर, नेपाल लघुवित्त वैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, नेपाल एसविआइ बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत एमडि रिजवान आलमले नेपालको तर्फबाट आप्mनो भनाईहरु राख्नु भएको थियो । त्यसैगरी भारतको तर्फबाट केएलएसएन राव साउदन इण्डिया बैंकस स्टाफ ट्रेनिङ कलेजका प्रिन्सिपलले सहकार्यका सम्भावना सम्बन्धमा धारणा राख्नु भएको थियो ।
बैंक तथा वित्तिय क्षेत्रमा भारतमा भएको इनोभेसन र रिफर्मका सम्बन्धमा कार्यक्रममा छलफल भयो । बैंक तथा वित्तिय क्षेत्रमा भारतले गरेको प्रगति र अनुभवबाट नेपालले टेक्नोलोजी टान्सफर, लगानी प्रवद्र्धन र सहकार्यका सम्बन्धमा हाल भइरहेको लगानी र थप लगानीका क्षेत्रहरु र नीतिगत सुधारका सम्बन्धमा सहभागीहरुले धारणा राख्नु भएको थियो । अनुकुल भट्नाकरले अध्यक्षता गरेको यस सत्रमा इन्भेष्टमेष्ट बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको वातावरण र हाल भइरहेको लगानीका सम्बन्धमा प्भथ ल्यतभ क्उभभअज दिनु भएको थियो । उहाँले लगानीका सम्भाव्यताहरुको उजागर गर्नु भयो । कार्यक्रममा नेपाल एसविआइ बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, एनएमवि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र भारतको तर्फबाट सिमा जागरण मार्चले लगानी विस्तार र सहकार्यका सम्बन्धमा धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अर्को सत्रमा नेपालमा लगानीका अवसर, विद्यमान नीतिगत व्यवस्थाहरु, समस्याहरु र बैंक तथा वित्तिय संस्था र नियामक निकायको सम्बन्धमा कार्यक्रममा छलफल भयो । इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्शका नोडल कोअर्डिनेटर अतुल ठाकुरले अध्यक्षता गरेको यस सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले इण्डष्ट्रियल रिलेशन विटुइन नेपाल एण्ड इण्डिया विषयमा प्भथ ल्यतभ क्उभभअज दिनु भयो । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, ट्रेड एण्ड एक्पोर्ट प्रोमोशन सेन्टरका डेपुटी कार्यकारी निर्देशक सुयस खनाल, सूर्य नेपाल लिमिटेडका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रवी रायवरम, डावर नेपाल लिमिटेडका विजनेश हेड एचएस वेदी ले लगानी विस्तार र नीतिगत सुधारका सम्बन्धमा धारणा राख्नुभएको थियो ।
यस कार्यक्रमको Title Sponsor को रुपमा नेपाल बैंक लिमिटेड रहेको थियो भने Main Sponsor को रुपमा Nepal SBI Bank Ltd, Life Insurance Corporation (Nepal) Ltd, National Insurance Company Ltd / Victoria University, Melbourne, Australia को साथ रहेको थियो ।

