यस सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा मिति २०७९ कार्तिक २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको छ । साभारण सभाको सभापतित्व कम्पनीका अध्यक्ष श्री केशव प्रसाद भट्टराईले गर्नुभएको थियो भने उक्त सभामा कम्पनीका संचालक, शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारणसभाले संचालक समितिको आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७७÷७८ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुको साथै आ.व. २०७८÷७९ को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित ग¥यो ।
साधारणसभाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने ९ःभचनभच० सम्बन्धी प्रस्ताव पारित गर्नुका साथै एक आपसमा गाभिए पश्चात् बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” कायम गर्ने, कम्पनीको चल÷अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ ः ०.८२४५ (सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को हालको १ (एक) कित्ता शेयर बराबर १ (एक) कित्ता र ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लि. को हालको १ (एक) कित्ता शेयर बराबर ०.८२४५ कित्ता) कायम गर्ने गरी गाभ्ने गाभिने ९ःभचनभच० कार्यलाई अन्तिम स्विकृति प्रदान गर्ने, दुबै कम्पनी एक आपसमा गाभ्ने, गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र ९क्अजझभ या ब्चचबलनझभलत० तथा अन्य भए गरेका सम्झौता लगायत अन्य सम्पूर्ण काम कारवाहीहरुको अनुमोदन गर्ने, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने, एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि भएको सम्झौता बमोजिम कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको रजिष्ट्रर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वर, काठमाण्डौंमा राख्ने प्रस्तावका साथै कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने संशोधनहरुमा सम्बन्धित निकायहरुबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव÷निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन÷फेरबदल गर्ने तथा दुबै कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी गर्नु गराउनु पर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय भएको ब्यहोरा कम्पनीले जनाएको छ ।
त्यसैगरी आर्थिक बर्ष २०७७÷०७८ मा सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहायता रकम रु.१०,४४,४९९।९२ को कम्पनी ऐनमा भएको ब्यवस्था बमोजिम अनुमोदन समेत गरेको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष श्री केशव प्रसाद भट्टराईज्यूले पानसमा बत्ति बाली सभाको औपचारिक शुभारम्भ गरी आफ्नो मन्तब्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खडकाज्यूले शेयरधनी लगायत उपस्थित सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।