चलचित्र लाखेमा पनि बैंक डकैतीकै कथा

काठमाडौं । नेपालमा चलचित्र लुट पछि बैंक डकैतीको कथामा थुप्रै फिल्म बनेका छन् । यस्तै शुक्रबार (आज)बाट रिलिज हुने नयाँ चलचित्र ‘लाखे’ पनि बैंक डकैतीकै कथा प्रस्तुत गरिएको छ । यो चलचित्र मुलकका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट रिलिज हुन लागेको यसको निर्माण पक्षले जनाएको छ ।
चलचित्र लाखेमा आधा दर्जन अभिनेताहरु खल चरित्रमा प्रस्तुत भएका छन् । अभिनेता सौगात मल्लदेखि आर्यन अधिकारी, सुशिल सिटौला, रोहित रुम्बा, अनुप बिक्रम शाही लगायत सबै खल चरित्रमा छन् । चलचित्र नायकको रुपमा अर्पण थापा मात्र छन् । ग्याङ स्टार, एक्सन जनराको यो फिल्मले अब दोश्रो सातामा प्रदर्शन भईरहेको मह जोडीको चलचित्र महापुरुषसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । चलचित्रको बाँकी कलाकारमा अभिनेत्री वर्षा राउत, प्रशान्त ताम्राकार, सँजोग राण, कालु रानालगायत छन् ।
चलचित्र लाखेको बिहिबार बुधबार बेलुका काठमाडौंमा प्रिमियर शो गरियो । प्रिमियर शोमा यो चलचित्रका एक्सन (फाईट)लाई सबैले प्रसँसा गरे । तर चलचित्रको कथा तथा पटकथा प्रति धेरैको टिप्पणी रह्यो । मुस्ताङमा खिचिएको यो चलचित्रको चजिङ सहितको क्लाईमेक्स फाईटको भने धेरैले खुलेर प्रसँसा गरेका छन् ।
यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । फिल्मको द्धन्द्ध निर्देशनबाट निर्देशनमा हात हालेका सम्राटले यस अघि बनाएको चलचित्र पासवर्ड पनि यस्तै एक्सन जनराको थियो । यो फिल्म पनि सोही जनराको छ ।

