हिजो आजका कुरामा समसामयिक कुरा

काठमाडौं । अग्रज कलाकार सन्तोष पन्तले एक समयको आफ्नो हिट टेली सृँखला हिजो आजाका कुरालाई चलचित्रको रुपमा निर्माण गरेका छन् । कोरोना सुरु हुने क्रममा निर्माण गरेको यो चलिचत्र अब २८ असोजबाट सिनेमा हलमा रिलिज गर्न लागेको उनले बताए । यो चलचित्रलाई उनका छोरा साकार पन्तले निर्देशन गरेका हुन् ।
हिजो आजका कुराको बुधबार काठमाडौंमा ट्रेलर रिलिज गरियो । २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा विभिन्न चार परिवारको समस्या दर्शाईएको छ । जसमा अमेरिका जानको लागि गरिएको सँघर्ष र अमेरिका पुगेका नेपालीहरुको सँघर्षको कथा प्रस्तुत छ । यो पारिवारिक कथामा आधारित भएको ट्रेलरले जनाउँछ । चलचित्रमा अहिलेको समसामयिक कुरा समेटिएको छ ।
हिजो आजको कुरा नै निर्माण गर्नुको कारण’bout सन्तोष पन्तले कार्यक्रममा भने,‘ डेढ दशक अघि हिजो आजका कुरा लामो समय टेलिभिजनबाट आयो र यसले कैयौं दर्शकको मन जित्यो । अहिले पनि दर्शकले हिजो आजका कुरा अब आउँदैन भनेर बारम्बार सोध्ने गर्नु भएकाले मैले हिजो आजको कुरा चलचित्र निर्माण गरेर दर्शकमाझ ल्याउन लागेको हुँ ।’
लामो समय अष्ट्रेलियामा बसेर सिनेमा पढेर नेपाल फर्केका निर्देशक साकार पन्तले चलचित्र’bout भने, ‘बुबाले स्थापित गर्नु भएको हिजो आजका कुराको शैलीलाई पछ्याएर यो चलचित्र निर्माण गरिएको छ । यसमा फरक सोचका कुरा, बेथितीका कुरा, विदेशिएकाहरुका कुरा, मतभेदका कुरालाई समेटिएको छ ।’
कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र अर्की अभिनेत्री रिमा विश्वकर्माले हिजो आजका कुरा एक समयका स्थापित टेली सृँखला भएकाले पनि यसमा काम गरेको बताए । चलचित्रको कथाबस्तु निकै प्रभावशाली भएको पनि उनीहरुले बताए ।
यो चलचित्रमा सन्तोष पन्तसँगै केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेल, रमा थपलिया, कमला रेग्मी सहितका कलाकारको मूख्य भूमिका छ ।
यो चलचित्रलाई रवि सायमीले खिचेका हुन् । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह–निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।

