अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको खोजीमा समिति , के गरेका होलान् ?

गत मङ्गलवार बसेको छनबिन समितिको बैठकले बिहीबार भित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज उपलब्ध गराउन निर्देशन दिएको थियो । तर मन्त्रालयले बजेट निर्माणको समयको नभई अर्को महिनाको फुटेज दिएको छ ।
समितिले दुई पटक ताकेता गर्दा पनि जेठको सीसीटीभी फुटेज मन्त्रालयले पाएन । तर असार महिनाको फुटेज भने समितिलाई मन्त्रालयले थमाइदिएको छ
फुटेज नपाएपछि बुधवार संसदीय विशेष छानबिन समितिले अर्थ मन्त्रालयमा स्थलगत अवलोकनमा पुगेको थियो । निरीक्षणका क्रममा सीसीटीभी कहाँकहाँ तथा कुन कुन कार्यकक्षमा जडान गरिएका तथा सिसिटिभीको संरचना र नियन्त्रण कसरी गरिएको छ भन्ने सम्बन्धमा समितिले जानकारी लिएको थियो ।
बजेटमा करको दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
यसअघि उपभोक्ता हित संरक्षण मञ्चलाई बजेट निर्माणको रातको सीसीटीभी फुटेज नभएको अर्थ मन्त्रालयले जानकारी दिएको थियो ।
मन्त्रालयले सीसीटीभी फुटेज मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने भन्दै आएको छ ।
मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने काम गरेको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा दिएका थिए ।

