डा। केदार कार्र्की वरिष्ठ पशु चिकित्सक

यो सरुवा रोग भेडा, बाख्रामा देखिन्छ । यसले फोक्सोमा विशेष असर पार्दछ।यो रोग हाल नेपालको कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड नम्बर ४ को हाटखोली र बन्दगडा क्षेत्रमा व्यापक महामारीको रुपमा फैलिएर १०० भन्दा बढी बाख्रा मरेको र अझ सयौं बाख्रा बिरामी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कैलालीको तथ्यांकले देखाएको छ।यो रोगको जीवाणु प्रायः रोगी पशुको सिगानमा हुन्छ, जुन संसर्ग हुँदा, खोक्दा स्वस्थ पशुमा सर्दछ।
लक्षणहरुस्
(तीक्ष्ण लक्षणमा ज्वरो आउने र न्युमोनिया हुने ।
(जीर्ण लक्षणमा पशुले खोक्ने दुब्लाउदै जाने र नाकबाट सिंगान बगाउने।
(गर्भिणी पशुहरुको गर्भ तुहिन्छ मृत्युदर ६०(१००५ सम्म हुन्छ
(बाख्रा साह्रै कमजोर देखिन्छ ।
(खानामा रुचि नदेखाउने
(अत्यधिक ज्वरो आउने९१०४(१०६ डिग्री फरेनहाइट०
(बेलाबेलामा खोक्ने
(श्वासप्रश्वासमा कठिनाई हुने
( कतिपय जनावरमा मुटुको धड्कनमा अनियमितता देखिने, जोर्नी तथा मस्तिष्कमा समेत फरकपन देखिन सक्छ।

रोग सर्ने माध्यमहरुस्
(रोगी पशु र स्वास्थ पशुबीच सम्पर्क भएमा ।
(रोगी पशुले खाएको दाना(पानी वा गोठ र खोर, चरन क्षेत्र प्रयोग भएमा।

उपचारस्
(यो रोगको लागि टाइलोसिन, , अक्सीटेट्रासाइक्लीन ी ब् प्रयोग गर्न सकिन्छ। निम्न मध्ये कुनै एक औषधी गर्नु उत्तम हुन्छस्(
८टाइलोसिन ९त्थयिकष्ल० नामक औषधी सिफारिस गरीएको मात्रा अनुसार मासुमा९क्ष्ः० सुई दिने ।
९टाईलोसीन ज्ञण्(ज्ञछmन रपन शारीरिक तौल अनुसार ३(५ दिन सम्म लगाउने० साथमा अक्सीटेट्रासाइक्लिन द्दछmनरपन शारीरिक तौल अनुसार दैनिक ४(५दिन सम्म मासुमा९ क्ष्ः०सुई लगाउने।

रोकथामस्(
( जीवित भ्याक्सीन १(२ मि।लि। कानको टुप्पामा दिन सकिन्छ यसले ६ महिना प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ।
९पौष ,माघ महिनामा ऋ।ऋ।ए।ए ( ण्।द्दm िक्रऋ ०
नियन्त्रणका उपायहरुस्(
( पशु चिकित्सकको सल्लाह बमोजिम गाउँका सबै प्रकारका बाख्राहरुलाई रोगविरुद्ध सुई लगाउने।
( गाउँमा नयाँ पशुरबाख्रा ल्याउनु पर्यो भने उक्त पशुरबाख्राले रोग विरुद्धको सुई लिएकै हुनुपर्छ अथवा यस्तो रोग फैलिएको क्षेत्र बाट बाख्राको आवतजावत ,किनमेल जस्ता कार्यहरुमा पुर्ण रुपमा बन्देज लगाउने।
(बथानबाट रोगी पशुलाई तुरुन्त अलग्याएर राख्ने।
(रोगी पशुको सम्पर्क र संसर्गमा आएका सम्पूर्ण वस्तुहरु नष्ट गर्ने ।