आजभोली महङ््गीको चर्चा सर्वत्र छ थोक महङगी दर पछिल्लो दशक को उच्चतम स्तर मा पुगेको छ । यसको असर मानवीय उपयोग का वस्तुहरु मात्र नभई पशुहरुको आहारमा भुस परालको मुल्य पनि आकाश हुदो रहेछ । खास गरि सुख्खा आहार गहु को भुस अनी धानको परालको मुल्य विगत वर्ष भन्दा २–३ गुणन बेढको छ । यस्को प्रत्यक्ष्य असर पशुपालक हरु लाई परेको छ जस्लो दोहरो मार खेप्न् परेको छ । एक त महङगो भुस पराल किन्नु परेको छ अर्काे तीर गर्मीको मौसम का कारण दुध उत्पादन घटदो छ । यस्तो मा धेरै जसो पशुपालक हरुत आफना पशु बेच्न बाध्य छन । अन्न एवं खाने तेलको मुल्य बढनु वैश्वीक कारण्ले भए पनी पशुको आहार भुस परालको मुल्य बढनुमा स्थानीय कारण हरु छन । सामान्य बजारमा कुनै बस्तुको मुल्य बढनु त्यसको माग एव उपलब्धतामा निर्भर गर्दछ । भुस परालको उपलब्धता मा भएको कमिको कारणमा विचार गर्ने हो भने यस समस्याको तत्कालिन कारण का साथ–साथै धेरै यस्ता कारण्हरु पनी छन जसको संचीत परिणम आज यो सङकट देखा पर्दाे छ ।
तत्कालीक कारणहरु मा प्रमुख रुपले गहुँ को छवालीको कमी एवम जलवायु परिवर्तनको असरले उत्पादनमा कमी हो । विगत वर्षको तुलनामा गहुको खेति कम भयो यस्को पछाडी प्रमुख कारण घटदो भुमीगत जलस्तरले गर्दा महङगो हुदै सिचाई तथा बढदो लागतले गर्दा कृषकहरु कम लागत एवम कम पानी चाहिने वाली जस्तै चना एवं सरस्यौ लगाउन तीर आर्कषित हुनु । खादय तेलहरुको वढदो भाउ सरस्यौ खेती तर्फ आकर्षण बढनु पनी एउटा कारण हो । यस वाहेक गहुको फसल काटन का लागि बढदो माशीनहरु हरुको प्रयोग विशेष गरि कम्बाइन हार्वेस्ट ले पनी गहुँको भुस को कमी वढाउनमा अहम भुमिका खेलेको छ । हाथले काटेर थे्रसरमा दाना झार्दा को तुलनामा कम्बाइनले गहु थन्काउदा लगभग आधा भुस प्राप्त हुन्छ । पछिल्ला केहि वषएहरुमा पशुहरुको आहार का लागी धान को परालको उपलब्धता एवं प्रयोग पनी घटेको छ । यस्को कारण पनी केशीनले वाली काटनु थन्काउनु नै हो जस्ले गर्दा अन्नत थन्कयाइन्छ तर धानको डाठ पराल खेतमा नै जलाएर नपट गरिन्छ ।
आज भन्दा एक डेढ दशक अगाडी को कुरा गर्न हो भने पशुपालक हरु वर्षको ३–४ महिना पशुहरुलाई धानको पराल खुवाउन्थे । तर आजभोली पूर्ण रुपमा गहुको भुसमा निर्भर हुन पुगेका छन जस्ले गर्दा गहुँ को भुसको माग प्रत्ययाशीत रुपले वढदो छ । गहुँ को आकाश छुने मुल्यको एउटा कारण यो पन छ कि हामी कंहा प्रायः जसो पशुहरु सुख्खा घास पराल भुस ज्वार वजारा को नल धानको भुस चोकर मा नै निर्भर हुन्छन । किनकी हरियो घासको उपलब्धता धेरै कम छ जती नै सरकारी स्तरमा घासखेती विस्तार गरीएको चर्चा गरे पनी । यस्का बाहेक बढदो जनसंख्याका कारण ले सार्वजनीक भुमिहरु जस्को उपयोग पहिले चरन क्षेत्र कोरुपमा हुन्थे मा पनी भवन निर्माण एवम औदयोगीक इकाइहरु निर्माणका लागी अधिग्रहित गरि भुस माथी निर्भरता बढाउने काम भएको छ । भुसको बढदो औदयोगीक उपयोग कागज एवं इट्टा भट्टा आदिमा प्रयोग ले पनी आगो मा घिउ थप्ने काम गरेको छ । भन्दा हुने भएको छ ।
हरियो घास को उपलब्धता कम हुनुको आफ्नो बेग्लै कारण्हरु छन । विश्वको १७.५ प्रतिशत मानव आवदि भएका देशहरु सङग २.३ प्रतिशत भुमि छ यस्तोमा तीनले यस सिमित भुमिमा खादयान्न वालीनाली खेतीका लागी प्रयोग गरुन कि हरियो घास उत्पादन गर्न । यदयपी जति आवश्यक खादयान्न वालीहरु छन त्यती नै आवश्यक पशुधन को लागी घास पनी छ । तर अधिकांश सरकारहरुले यस तर्फ अपेक्षित ध्यान दिएका छैन एव घास उत्पादन सरकारी नितिहरुमा ओझल परेका छन । शायद त्यसैले नै होला विश्वका सबैभन्दा बढी पशुधन जनसंख्या भएका देशहरुमा घास उत्पादन उपलब्धता माङग एव खपत को अधिकारिक तथ्याङक समेत छैनन । तथ्याङकको अभावमा सरकारहरुलाई पशु आहार संकट समस्या प्रति आखा चिम्लीन त सजीलो होला तर यसबाट समस्याको समाधन भने हुदैन ।
हरियो घासको न्युनता को प्रमुख कारण धेरै कम क्षेत्रफलमा सिमित संसाधनहरु बाट दोयम स्तर को क्षमता भएका घास वालीहरुको गुणस्तरयुक्त विउको अन्न उपलब्धता पनी एउटा कारण मानीन्छ । हरियो घास सुकेको भुस पराल भन्दा बढि पौष्टीक हुन्छ एवम यस्को उपलब्धता वढाएर भुसको बढदो मुल्य नियन्त्रण गर्न सकिने मात्र होइन दुध उत्पादन पनी बढाउन सकिन्छ ।
लुर्सन बरसीम जौ जई सुडान चरी एम.पी. चरी, नपीयर घाँस आदि हरियो घास वाली हुन जस्लाई वर्षको विभिन्न मौसममा आवश्यकता अनुसार खेती गरि घास पराल सङकटलाई न्युनीकरण गर्न सकिन्छ । तर यो सरकारहरु बैज्ञानीक एव पशुपालक कृषहरुको संयुक्त प्रयास बाट मात्र संभव छ । यसका लागी सरकारले गहुँको भुसको औदयोगीक प्रयोगमा प्रतिवन्ध गर्ने तथा हरियो घास खेती प्रोत्साहित गर्ने एवम चरन क्षेत्रहरुको विकाशका लागि उचीत निती निर्माण गर्नुका साथै उत्पादक कृषक हरुलाई प्रोत्साहन गर्नु पर्ने हुन्छ । अनुसन्धानले भौगोलीक क्षेत्र अनुकुलका घास वाली प्रजातीहरुको विकास एव सिमान्त तथा कृषि आयोग भुमि हरुमा कृषि वन अन्तर्गत घास उत्पादन प्रविधि विकाशीत गर्नु पर्ने छ । पशुपालक हरुले भुस माथीको निर्भरता क मगर्ने तर हरियो घास उत्पादन तर्फ ध्यान दिनु पर्ने हुन्छ । साना एव सिमान्त कृषक हरुले खेतको डिल आलीमा नेपीभट घास जस्ता बहुवार्षीक घास लगाई केहि हद सम्म पशु आहारको समस्या लाई समाधान गर्न सकने छन् ।
तर यक्ष प्रश्न त फेरी पनि यहि छ यी यस्ता कुरा वारे हाम्रा समग्र सरोकार वालाहरुको संयुक्त तथा समन्वयतामक प्राथमीकता मा पो पर्छ पर्दैन वा मात्र समस्याको जटिलता वारे एक अर्काे लाई दोष देखाउने वा जिम्मेवारी पन्छयाउने मात्र हो । समाधानको मुल सुत्र यस्मा लुकेको छ ।