डा. केदार कार्कि
सेवा निवृत्त बरिष्ठ पशुचिकित्सक भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरअक्सिटोसिन अर्थात पशुहरुमा दूध पगार्न तथा निथार्न तथा लौका, फर्सी, भण्टा, गोलभेंडा, करेला, घिरौँला, काउली जस्ता तरकारीहरुका स–साना चिचिलाहहरुलाई चाँडै बढाउन लगाइने इन्जेक्सन अक्सिटोसिन हार्मोन हो । जुन पिटुटरी गन्थीको अन्तिम भागमा स्थापित वा संग्रहित हुन्छ ।

अक्सिटोसिन हार्मोनको काम ः
गर्भासयको संकुचन गराउने, दूध पगार्ने , निथोर्ने, फाँचो र थुनबाट यौन प्रकृया र प्रोस्टेट ग्रन्थी बीच राम्रो सम्बन्ध बनाउने, मृगौलामा नराम्रो असर पु¥याउने गर्दछ ।

अक्सिटोसिन हर्मोनको उपयोग ः
अक्सिटोसिन हर्मोनलाई सिन्थेटिक औषधीहरुमा प्रयोग गरिन्छ जुन धेरै राम्रो सावित भइराखेको छ । यसलार्य रगतको नशाबाट मासुमा तथा गीजामा इन्जेक्सनको माध्यमबाट प्रयोग गराइन्¥याउने गर्दछ ।

अक्सिटोसिन हर्मोनको उपयोग ः
अक्सिटोसिन हर्मोनलाई सिन्थेटिक औषधीहरुमा प्रयोग गरिन्छ जुन धेरै राम्रो सावित भइराखेको छ । यसलाई रगतको नशाबाट मासुमा तथा गीजामा इन्जेक्सनको माध्यमबाट प्रयोग गराइछ । यो हर्मोन पशुमा निम्न कार्यमा प्रयोग गरिन्छ । सुत्केरी व्यथा सहजीकरण गर्न, प्रसबोत्तर रक्तश्राब रोक्न, गभैपतन पछि गर्भाशयको सफाइ गर्न (किनभने गर्भपतनको बेला गर्भाशयमा केही अवशेष रहिरहने हुँदा संक्रमणको कारण बन्न सक्दछ ती अवशेषलाई गर्भाशयबाट सफाइ गर्न) यसको प्रयोग गरिन्छ । फाँचोमा हुने कुनै अबरोध सहजीकरण गर्न जसले गर्दा थुनमा पर्याप्त मात्रामा दुध आउन पाउँदैन यस्तो परिस्थितिको माध्यमबाट यसले फाँचोबाट दुध निकाल्न मद्दत गर्दछ ।

अक्सिटोसिन हार्मोनको दुष्प्रभाव ः
केटाकेटीको मस्तिष्कमा अक्सिजनको आपूर्ति कम गराउँछ, महिलाहरुमा हार्मोनको विकासलाई प्रभावित गर्दछ । जसले गर्दा नाबालिग केटीहरु छिट्टै बालिग भएजस्ता देखिन्छन् । नबजात शिशुमा जण्डिस हुने कारण बन्न सक्दछ । स्तनपानमा व्यवधान उत्पनन्न गराउँदछ । मुटुको धड्कन तेज, कम (असामान्य) बनाई हृदयघात हुने सम्भावना बढेर जान्छ । बच्चा जन्मेपछि लामो समयसम्म गर्भाशयबाट रक्तश्राव हुने, टाउको दुख्ने, दिग्भ्रमित हुने, झोक्किने, वान्ता हुने, मानसिक असन्तुलन, बोहोसी, छारेरोग, सास लिन गाह्रो हुने वा सास बन्द हुने, उच्च रक्तचाप, मधुरो दृष्टि, कानमा घण्टी बज्ने, चिन्ता, भ्रम, छात्ति दुख्ने, चय अपचयमा हुने दुष्प्रभाव, वाटर पोइजनिङ्ग, काममा वा बेहोस हुने, वाकवाकी लाग्ने, नाक दुख्ने, ……… सिंगान बग्ने, पिनास हुने, स्मृति समस्या, नेत्र दुष्प्रभाका कारण शिशुमा रेटिना हेमरेज हुने, मनोरोगको दुष्प्रभावका कारण स्वादिलो भोजन गरेमा स्मृतिदोष हुनुका साथै उन्माद हुने गर्दछ ।
अक्सिटोसिनका कारण गर्भ संकुचित हुने हुँदा परिणामस्वरुप मुत्रासय थैली खुम्चिन्छ र थुनबाट दुध आउँछ जसले प्रसवको दोस्रो चरणमा योगदान पु¥याउँछ । प्राकृतिकरुपमा अक्सिटोसिनको मात्रा सन्तुलित हुने हुँदा यसले मात्र स्तनपानको बेला दुधलाई थुनबाट छुट्याउँछ तथा प्रसव पिडालाई प्रोत्साहित गर्दछ । दुध दिने पशुलाई तथा फल तरकराीमा अक्सिटोसिनको प्रयोग दिनमा विहान बेलुका गरी पशुहरुमा दुध पगार्न र निथार्न प्रगोग गरिन्छ । तरकारीहरुमा भने स–साना चिचिलालाई छिट्टै तौल बढाउन खासगरी लौका, फर्सी, भण्टा, काउली, करेला, गोलभेंडामा प्रयोग गराइन्छ । जसले विहान चिचिला यी तरकारी साँझसम्म हलक्क बढेर विक्रियोग्य हुन्छिन्

।
लोभी कृषकहरुमा यो एउटा गलत धारणा छ कि यस्को कारण दुध उत्पादन बढछ । त्यसैगरी तरकारीको उत्पादन पनि बढ्छ । जबकी यसले त पशुमा मात्र फाँचो र थुनबाट तेजीले दुध बाहिर निकाल्छ । यसको अनियन्त्रित प्रयोगले गाई प्रजातिमा प्रजनन प्रणाली नष्ट गर्छ र गाईहरु बाँझो रहन जान्छ । तरकारीमा भने अप्रत्यासितरुपमा तन्तुमा बृद्धि तथा जलग्रहण बन्ने हुँदा छिट्टै सामान्य समयभन्दा तौल बढेको जस्तो देखिने मात्र हो । त्यस्ता तरकारी लामो समयसम्म संचय गर्न नसकिने तथा पकाउँदा चाँडै गलेर जाने र प्राकृतिक स्वाद विहिन हुने गर्दछ ।
माथि उल्लेखित गरिएका दुष्परिणाम जनसमुदायमा अत्याधिक मात्रा देखिन थालेपछि विकसित पश्चिमा मुलुकहरुमा यसको उत्पादन तथा पशु तथा बालीनालीमा यसको प्रयोग प्रतिवन्धित छ । भारत सरकारले त यसको प्रयोग बन्द समेत गरेको छ । यसको प्रयोगलाई पशु क्रुरता, निर्दयिता रोकथाम अधिनियम १९६० को धारा १२ तथा खाद्य औषध अदमिश्रण निवारण अधिनियम १९५० अन्तरगत प्रतिबन्धित गरेको छ । तर हाम्रो परिवेशमा भन्ने तराइ मधेसका सिमावर्ती क्षेत्रका एग्रोभेटमा भने यसको उपलब्धता फालाफाल छ । अनी पशु तथा तरकारी बालीमा यसको प्रयोग असिमित तथा अनियन्त्रित छ ।

दुधालु पशुहरुमा यसको प्रयोग नगराए पशुले दुध पो नदेला, तरकारी नसप्रेला भन्ने भ्रममा कृषक त छन नै अर्कोतर्फ आम उपभोक्ता भने यसको दुष्परिणाम हाम्रो भान्साको खाद्यश्रृङ्गखलाबाट भोग्छन् । त्यसैले खाद्य स्वच्छता, शुद्धता तथा खाद्यस्वास्थ्यताको दृष्टिकोणले पनि यसको उपयोग नियन्त्रित एवम् नियमन गर्नुपर्ने तत्काल खाँचो छ । यसको लागि आवश्यक प्रभावी स्थानीय चेतना परिवर्तन तथा जनजागरणको । यसै पनि विश्वव्यापार संगठनको सदस्य राष्ट्रको हैसियतले हाम्रो जिम्मेवारी पनि यसमा गाँसिएको छ ।