सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशीलताको अवस्थाको विषयमा केन्द्रीत पीबीएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त आयोजनामा आगामी शनिबार र आइतबार पीबीएस आइटी करियर कनक्लेभ हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आइटी क्षेत्रको विकास र प्रवर्द्धनका लागि कनक्लेभ आयोजना गरिएको बताए । दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जनाभन्दा बढी विज्ञले आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा विभिन्न पाँच विषयका सेसन सञ्चालन हुनेछन् । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकले सहभागिता जनाउन सक्नेछन् ।