चिनको एप्स टिकटक प्रतिबन्ध लगाएको भारतले चिनियाँ सीसीटीभी प्रयोग गर्छ



देशको राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले चिनियाँ एप्स र प्रविधि सामग्रीमाथि प्रतिबन्ध लगाउनु परेको भारतको भनाइ छ।
यी एप्सहरुले भारतीय प्रयोगकर्ताको डेटा चीन सरकारलाई बुझाउने भारतको आशंका छ।
गत जुन महिनामा चिनियाँ र भारतीय सेनाबीच झडप भएयता भारतमा चिनियाँ सामग्री बहिष्कार गरिनुपर्ने आवाज उठ्दै आएको छ।यद्यपी भारतले चीनको प्रविधि सामग्री प्रयोग गर्न भने अझै छाडेको छैन।टप१०भीपीएनको अध्ययन अनुसार भारत चीनको सीसीटीभी सर्वाधिक रुपमा प्रयोग गर्ने विश्वकै छैठौं मुलुक हो।
यी दुवै कम्पनीको सम्बन्ध चीनको कम्युनिस्ट पार्टीसँग भएको बताइएको छ।
यसबीचमा भारतमा यी कम्पनीको सीसीटीभी प्रयोग गर्न नहुने आवाज उठ्दै आएको छ।
