राष्ट्र बैँकको निर्देशन ; ATM बाट धेरै रुपैयाँ झिक्न रोकेपछि समस्या समाधान होला त ?

नेपाल राष्ट्र बैँकले भर्खरै चिनियाँहरुले एटिएममा गरेको उपद्रोपछि एउटा सप्पै बैँकहरुलाई आज नयाँ निर्देशन जारी गरेको छ। नयाँ निर्देशन अनुसार अब बैँकबाट एक दिनमा ६० हजार रुपैयाँमात्र झिक्न पाइनेछ। यसअघि १ लाखसम्म झिक्न पाइन्थ्यो। ४० हजार रुपैयाँ कम झिक्दा समस्या समाधान हुने देखेको रहेछ नेपाल राष्ट्र बैँकले?
अहो, कस्तो राम्रो उपाय खोजेको है। ६० हजार पनि किन झिक्न दिएको होला। ३० हजारमात्र झिक्न दिएको भए झन् सुरक्षित हुने थियो होला नि। अझ यो एटिएम भन्ने जिनिसमा नै प्रतिबन्ध लगाए विदेशी उपद्रयाहाहरु आएर यसरी रकम लिएर जान पाउँदैन थिए होला। एटिएम हैन चेकै चलाउँ भनेर अभियान चलाए कसो होला?
राष्ट्र बैँकको नयाँ निर्देशन अनुसार एटिएममा पहिले र अहिलेको फरक यस्तो हुने भयो-
पहिले-
एक पटकमा अधिकतम २५ हजार रुपैयाँ झिक्न पाइन्थ्यो।
अहिले-
एक पटकमा अधिकतम २० हजारमात्र झिक्न पाइन्छ।
पहिले-
एक दिनमा चार पटक कारोबार गरेर बढीमा एक लाख झिक्न पाइन्थ्यो।
अहिले-
एक दिनमा बढीमा ६० हजार मात्र झिक्न पाइन्छ।

