भ्रष्टाचारी भेटे अख्तियार नपर्खिनु, कालोमासो दलिदिनु’, भन्ने भनाइ किन रविन्द्रमाथी लागु भएन काजी जि ?
काठमाडौं ।दुई तिहाईको कम्युनिस्ट सरकार माथी जनताको बिश्वास थियोे र अजै पनि छ ।तर सरकारमा भएका मन्त्रीहरूलाई दुई तिहाईको सदुुपयोग होइन दुुुुरुपयोग गर्न पठाइएको जस्त्तो भएको छ।केही मन्त्रीका कारण सरकारमाथि चौतर्फी हमला भैरहेको छ।नेकपा भित्र स्वच्छ छबि बनायका नेताकार्यकर्ता पनि छन ।सबैलाई एकै डालोमा लिनुपनी नपर्ला तर सरकार बन्दा देखी नै नेकपाका शिर्षनेताले भ्रष्टाचार अन्त्य गर्ने बताइरहेका थिए ।यसैक्रममा नेकपा भित्र इमानदार नेताको छबि भएका पार्टी प्रबक्ता नारायणकाजीको एउटा भनाई थियोे, ‘भ्रष्टाचारी भेटे अख्तियार नपर्खिनु, कालोमासो दलिदिनु’, श्रेष्ठको यो भनाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । लेखा समिति अन्तर्गत बनेको छानविन समितिले वाइडबडी खरिद प्रकरणमा बहालवालामन्त्री रविन्द्र अधिकारीलाई दोषि किटान गरी कारवाहीको सिफारिस गरिसक्दा पनि किन केही कारबाही भएन काजी जि ?
संसदको लेखा समिति अन्तर्गत बनेको छानविन उपसमितिले अध्ययनका आधारमा मन्त्री अधिकारीलाई भ्रष्टाचारको आरोप लगाएको छ । तर लेखा समितिमा अझै छानविन हुन बाँकी छ । न्यायालयले अन्तिम फैसला नदिएसम्म कुनै ब्यक्तिलाई भ्रष्टाचारी करार गर्न मिल्दैन भनेर अहिले अधिकारीलाई बचाउन खोजिएको छ।अब प्रश्न उट्छ कस्तो भ्रष्टाचारीलाई होला त काजी सरको कालोमासो ……….