काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउसो ३ बजे बस्ने गरी बैठक तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती विधेयक मन्त्रिपरिषद्बाट पारित गरी संसदीय प्रक्रियामा लाने अन्तिम तयारी भैरहेको जानकारी दिनुभएको थियो । विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल भै ऐन निर्माणको प्रक्रियामा जाने छ ।

तपाइको प्रतिक्रियाराजधानी दैनिक बाट