माओवादीले हटाउन खोजेको बाेर्ड एमालेकाे आपत्तिपछि फेरि टाँगियो

एमालेका दिबंगत नेताहरुको मात्र तस्वीर रहेको ब्यानर प्रयोग गरिएपछि माओवादी कार्यकर्ता र समर्थकहरुले हुटिङ सुरु गरेका थिए।
फेरि बोर्ड टाँगिँदै भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रम दुबै पार्टीले संयुक्त रुपमा आयोजना गरेका हुन्। दुबै पार्टीबीच विवादित विषय टुंगिएको भए आजै पार्टी एकताको घोषणा गर्ने योजना समेत थियो ।
तर कार्यक्रमका लागि प्रयोग गरिएको ब्यानरको माथिल्लो पंक्तिमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लगायत एमालेका दिबंगत अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको तस्वीर राखिएको देखेपछि कार्यक्रमस्थल पुगेका माओवादी कार्यकर्ता र समर्थकहरु आक्रोसित बने।
बोर्ड हटाइँदै त्यसपछि सो ब्यानर हटाउने माग गर्दै उनीहरुले हुटिङ सुरु गरे। उनीहरुको हुटिङपछि टांगिसकिएको ब्यानर हटाइयो। तर फेरि एमालेको आपत्तिपछि त्यसलाई टाँगिएको छ।
बोर्ड हटाइए पछिमाथिल्लो पंक्तिमा एमालेका दिबंगत नेताहरुको तस्वीर रहेको ब्यानरको तल्लो पंक्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको छ। दुबै अध्यक्ष आजको कार्यक्रमको संयुक्त बक्ताका रुपमा रहेका छन्।
कार्यक्रमका लागि बनाइएको बोर्ड माओवादी कार्यकर्ता तथा समर्थकहरुले संयुक्त कार्यक्रममा एमालेका नेताहरुको मात्र तस्वीर राखिएकोप्रति आपत्ति जनाएका हुन्। उनीहरुको अवरोधका कारण दिउसो १२ बजेदेखि हुने भनिएको कार्यक्रम अहिलेसम्म सुरु हुन सकेको छैन।


हटाइएको बोर्ड फेरि टाँगिदै