कोभिड–१९ लाई मध्यनजर गर्दै केवाईसी अपडेट अनलाइनबाटै गर्न सकिने नियम ल्याउँदै राष्ट्र बैंक

राष्ट्र बैंकको समीक्षामा भनिएको छ, ‘कोभिड–१९ बाट विकासित भएको असहज परिस्थितिलाई मध्यनजर गरी ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्क्रिय भएका बैक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले बिद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाइने छ ।’
यसका साथै केन्द्रिय बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने कम्पनीहरुको अनुगमन र नियमनका लागि नयाँ विनियमावली तयार पार्ने भएको छ ।
नीतिको समिक्षा गर्दै निरीक्षण तथा अनुगमनका लागि नयाँ विनियमावली तथा कार्यबिधि जारी गर्ने भएको हो ।
केन्द्रिय बैंकको समीक्षामा भनिएको छ, ‘भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतीपत्र प्राप्त संस्थाहरुको प्रभावकारी अनुगमनका लागि भुक्तानी प्रणाली सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण विनियमावली र कार्यविधि जारी गरिनेछ ।’
त्यसैगरि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी
सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ।

