अरब सागरको चक्रवतका कारण नेपालको मौसममा फेरबदल ,सतर्क रहन महाशाखाको आग्रह

बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूरपश्चि, लुम्बिनी र गण्डकी प्रदेशका धेरै जसो ठाउमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने जानकारी दिएको छ ।

