मंगलबार देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै अधिकांश स्थानमा बदलीको सम्भावना

बैसाख२८, देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै अधिकांश स्थानमा बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार दिनभर देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने जनाएको छ । यस्तै केही स्थानहरुमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति भने देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको । यस्तै प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

