त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु पर्ने चिकित्सकहरूले सुझाव दिन्छन् । लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ ।
धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ। यस्तै हिटरको हावाले छालाको क्वालिटिमा समेत असर गर्छ। यसले छाला फुट्ने चाउरीपन देखा पर्नेगर्छ ।
कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ। तर लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आखाँलाई असर पुर्याउछ, यसले आखाँको ज्योती कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ ।
त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन। सकेसम्म १० सेन्टिमिटर टाटा राखेर हिटर ताप्ने गर्नुपर्छ ।


