प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बैठक आह्वान गरिएको हो । आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउन लगाएको छ । लकडाउनका कारण मारमा परेको भन्दै व्यावसायीहरुले सरकारको विरोध गर्दै आएका छन् ।

उनीहरुले जर्बजस्ती पसल खोल्दै आएका छन् । प्रहरीले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरेको भन्दै कडाई गर्दै आइरहेको छ