भरतपुर महानगरपालिका–११ नारायणगढका ६८ वर्षीय वृद्धको मंगलबार बिहान सात बजेको समयमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
मृतकलाई गम्भीर अवस्थामा गएराति मात्र चितवनको एक निजी अस्पतालबाट भरतपुर अस्पतालको आइसीयूमा सारिएको थियो । मुटु र निमोनियाबाट ग्रस्त मृतकमा सोमबार मात्र कोरोना पुष्टि भएको थियो ।

यसैबीच शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।