कैलालीमा कोरोना भाईरसका २ जना नयाँ संक्रमित फेला परेका छन । मुम्बइ बाट फर्किएका कैलालीका २१ बर्षीय पुरूष र यस अघि कैलालीमा संक्रमित भेटिएका पुरूषकी भाउजुमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसतै भारतको उत्तराखण्ड बाट फर्किएका कञ्चनपुरका ४१ बर्षीय पुरूषमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका स्रोत अनुसार संक्रमित मध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिर बाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् । आठौं संक्रमित कैलालीको लम्कीका २१ बर्षीय पुरुषमा देखिएको छ । उनी केही समय अघि भारतको मुम्बई बाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए । नवौं संक्रमित भारतको उत्तराखण्ड बाट आएका कञ्चनपुरका ४१ बर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । संक्रमित तिनै जना लाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।