एनआरएनए अध्यक्ष भट्ट र उनी त्यो दिन जहाज चढ्नुअघि केही बिजनेस मिटिङमा सहभागी भएको न्यौपानेले जनाएका छन् । ती मिटिङहरुमा हल्का मदिरा सेवन गरेको उनले स्वीकार गरेका छन् । न्यौपानेले भने, ‘तर, उहाँ (भवन भट्ट)ले मैले प्रधानमन्त्रीलाई भेट्नु छ आज म अल्कोहल त्यति लिन्नँ भन्नुभा’थ्यो ।’
बिजनेसको सिलसिलामा आफूहरू सिंगापुर जान लागेको र सोही अवसरमा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यलाभको कामना गनैृ आफूहरूको कार्यक्रम रहेको उनले बताए ।
प्लेनको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको र यसबाट आफूहरू लज्जित हुनुपरेको उनको गुनासो छ । यसबारे एनआरएनए अध्यक्ष भट्टले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।



