हालै आएको रिपोर्टअनुसार आजियाटाको लगानी रहेको टेलिकम कम्पनी डाइलगले पूर्णरुपमा प्रयोगमा आउने र ५जी स्ट्याण्डर्डमा आधारित रहेर कमर्शीयल प्रयोगमा ल्याउसक्ने गरि सेवा निर्माण गर्ने घोषणा गरेको छ ।
डाइलगले प्रि कमर्शीयल ५जी प्रशारण श्रीलंकाको नियमनकारी निकाय टेलिकम्यूनिकेसन्स रेगूलेटरी कमिसन अफ श्रीलंका (Telecommunications Regulatory Commission of Sri Lanka (TRCSL) सँगको सहकार्यमा ल्याउन लागेको हो । जसअन्तरगत ३.५ गीगाहर्ज ब्याण्ड प्रि-कमर्शीलय ५जी सेवाहरुको लागि छुट्याईएको छ ।
डाइलगको पाइलट ५जी सेवाले जडान गरिएका बेस स्टेशनहरु र कमर्शीयल ५जी राउटरहरुमा २ गीगाबाइटस प्रति सेकेण्डको गति प्रदान गर्न सक्नेछ । फाइभजीमार्फत कम्पनीले वायरलेस डिभाइसहरु तथा एप्लिकेसनहरु जसमा भिडियो, गेमिंग र अटोमेशनका लागि आधार पृष्ठ तयार पार्ने रिपोर्टमा उल्लेख छ ।
आजियाटाको लगानी भएको एनसेलले नेपालमा भने फोरजी सेवा तिब्ररुपमा बिस्तार गरिरहेको छ ।