कार्तिक २५ गते सरकारले नीलाम्वर अाचार्यलाइ भारतकाे लागि राजदुत सिफारिश गरेकाे थियाे।दुइ महिना अघि राजदुत सिफारिश गरेकाे र झण्डै महिना दिन अघि उनकाे नाम राजदुतकाे रूपमा अनुमाेदन भएपनि हालसम्म पनि उनकाे नाममा भारतले एग्रिमाे भने पठाएकाे छैन।नेपाल भारत प्रवुद्ध समुहका सदस्य अाचार्यलाइ राजदुतकाे लागि नेपालले सम्पुर्ण प्रक्रिया पुरा गरेपनि भारतले एग्रिमाे पठाउन किन ढिला गरयाे ? याे प्रश्न भने अहिले गम्भीर रूपमा उठेकाे छ।राेचक तथ्य के छ भने दीपकुमार उपाध्याय राजदुतबाट हटेपछि वली सरकारले नीलकण्ठ उप्रेतीलाइ राजदुतकाे रूपमा सिफारिश गरेकाे थियाे तर याे अभियान पुरा भएन।विचमै याे प्रक्रिया पनि राेकियाे।यसपछि सरकारले निलाम्वरलाइ राजदुतकाे रूपमा नाम अनुमाेदन गरेर राख्नयाे तर भारतले विलम्व गरिरहेकाे छ।