‘संविधानलाई संस्थागत गर्नको निम्ति राष्ट्रपतिमा मेरो उम्मेदवारी हो,’ उनले भने । काँग्रेसको आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि उम्मेदवारको आकांक्षी थिए । पार्टी भित्र र बाहिरका कतिपयले स्वयम् पार्टी सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपति हुन सुझाएका थिए ।