अर्थ मन्त्रालयले गत साउन ६ गते मन्त्रिपरिषदमा पेस गरेको नयाँ तलबमानको प्रस्तावलाई १५ दिनपछि क्याबिनेटले स्वीकृत गरेको हो।
स्वीकृत नयाँ तलबमान अनुसार अब निजामती सेवातर्फ सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब बुझ्नेछन्।
सबैभन्दा कम तलब भने प्रथम स्तरका कार्यालय सहयोगीको रहनेछ, जसको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ तोकिएको छ।
नेपाल प्रहरीका महानिरीक्षकको मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।
नेपाली सेनाका प्रधान सेनापतिले भने निजामतीका मुख्यसचिव सरह नै ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले गत साउनदेखि लागू हुने गरी राष्ट्रसेवकको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ताबापत १० प्रतिशत वृद्धि गरेका थिए।


