देउवा–आरजुका छोरा जयवीरलाई पनि सम्पत्ति सुद्धिकरणको ७ दिने पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ । पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ । पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ । विभागले जयवीरका बुबासहित आमा आरजुलाइ यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराइसकेका छन् । यसअघि आरजुले ७ दने सूचना गुजारेकाले उनीहरु नेपाल आउनेवित्तिकै पक्राउ पर्ने सम्भावना रहेकाे स्राेतकाे दावी छ ।

