काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमा उहाँले हिमाली आदिवासी शेर्पा समुदायको महत्वपूर्ण पर्व ग्याल्पो ल्होसारले देशभरि आपसी सद्भाव, एकता र पारस्परिक सम्मान प्रवर्द्धन गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देशको रूपमा चित्रण गर्दै विविध समुदायका भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन केवल राज्यको दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

माधवकुमार नेपालले शुभकामनामा ग्याल्पो ल्होसारले सबै नेपालीबीच बन्धुत्व, प्रेम, सहकार्य र सम्मानको भावना अझ प्रगाढ बनाउने र सामाजिक न्याय, समानता तथा समृद्धितर्फ अघि बढ्न प्रेरणा दिने आशा व्यक्त गर्नुभएको छ।

उहाँले पुनः सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।