सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा सक्रिय छन् । उनी ४४ वर्षका, स्पष्ट वैचारिक धार, दीर्घ अनुभव र जनतासँग नजिकको सम्बन्ध भएका नेता हुन् ।

आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि जनयुद्ध, संगठन निर्माण र संसदीय अभ्याससम्म फैलिएको सापकोटा क्षेत्रका जनताका लागि विश्वासिलो र जिम्मेवार नेतृत्वको प्रतीक बनेका छन् ।

सापकाेटाकाे जीवन र राजनीतिक यात्रा

२० चैत २०३७ मा चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविन्डेमा जन्मिएका सापकोटा १३ वर्षको उमेरमा अखिल (क्रान्तिकारी) बाल इकाइमा प्रवेश गर्दै संगठित राजनीतिक जीवनमा आएका थिए । उनले विद्यालय इकाइ अध्यक्ष, क्षेत्रीय सदस्य, जिल्ला सदस्य र जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यार्थी राजनीतिमा खरो र तार्किक वक्ताको रूपमा आफूलाई स्थापित गरे ।

जनयुद्धका समयमा उनी भूमिगत भई १४औं बटालियनका कमिसार बने । २०६३ वैशाख १० मा चौतारा आक्रमणमा उनी कमान्डर थिए र घाइते भए । शान्तिपूर्ण परिस्थितिमा फर्किएर संगठन निर्माणमा जुटेका सापकोटा २०७१ मा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष बने र २०७३ मा नेकपाका केन्द्रीय सदस्य चयन हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भए । हाल सापकाेटा नेकपाकाे केन्द्रीय सदस्य छन् ।

विपत्तिमा नेतृत्व र जनताको विश्वास

सापकोटा संकटमा अग्रपंक्तिमा उभिने नेता हुन् । उनले जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी र नागपुजे पहिरो, कोभिड–१९ महामारी र २०८१ असोजको भीषण वर्षा–बाढीमा जनताको सेवा र राहत–उद्धारमा निर्णायक भूमिका खेले। यी घटनामा देखाएको साहस, समर्पण र नेतृत्व क्षमताले उनी जनताको विश्वास जित्न सफल भए ।

सिन्धुपाल्चोकका स्थानीयहरूले भन्छन्, “सापकोटा जस्तो नेता विपत्तिमा मात्र होइन, विकासका योजनामा पनि निरन्तर अग्रसर छन् । उनी जनताको नजिक रहँदै वास्तविक समस्याहरू समाधानमा जुट्छन् ।”

संसदीय अनुभव र उपलब्धि

२०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित सापकोटाले ३०,३७४ मत ल्याएर आफ्नो क्षेत्रमा जनताको भरोसा सुनिश्चित गरे । संसद्मा उनी विकास, सुशासन, जलवायु, शिक्षा, स्वास्थ्य र न्यायका विषयमा स्पष्ट दृष्टिकोण राख्ने, निर्भीक र जिम्मेवार जनप्रतिनिधि मानिन्छन् ।

सापकोटाले ३३ महिनाको संसदीय यात्रामा किसान, युवा, विद्यार्थी र स्थानीय मुद्दालाई प्राथमिकता दिएका छन् । ‘विद्यालयमा सांसद, संसदमा विद्यार्थी’ अभियानबाट सयौँ विद्यार्थीलाई संसदीय प्रक्रियासँग जोडेको उल्लेखनीय पहल पनि उनका कार्यहरूमा पर्छ ।

शिक्षा र व्यक्तित्व

सापकोटाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिमा खरो वक्ता र रणनीतिकारका रूपमा परिचित उनी केन्द्रीय जिम्मेवारीपछि अझ परिपक्व, समन्वयकारी र बौद्धिक नेताका रूपमा स्थापित भए । जनताको भावना बुझ्ने क्षमता, संगठन संचालन र नीति निर्माणमा स्पष्ट दृष्टिकोण उनीका विशेषताहरू हुन् ।

उम्मेदवारका विशेषता

जनतासँग नजिकको सम्बन्ध र वास्तविक अनुभव
स्पष्ट वैचारिक धार र राजनीतिक स्थिरता
संगठन, संघर्ष र संसदीय अभ्यासमा खरो नेतृत्व
विपत्तिमा अग्रपंक्तिमा उभिने साहस र समर्पण

सिन्धुपाल्चोकका स्थानीय र पार्टी कार्यकर्ताहरू सापकोटालाई ‘जनताको आवाज संसद्मा’ को प्रतीक मान्छन् ।

सापकाेटाका प्रतिवद्धता पत्रका मुख्य एजेन्डा

जीवन्त संसद र गुणात्मक कानुन निर्माण
स्थानीयदेखि राष्ट्रिय महत्त्वका विषय प्राथमिकताका साथ उठाउने
गुठी समस्या, विद्यालय शिक्षा विधेयक, ढुङ्गाखानी र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोग सुनिश्चित
पर्यटन र पूर्वाधार विकास: ‘काठमाडौंबाट एकै दिनमा जुगल’
आगामी २ वर्षभित्र काठमाडौंबाट जुगल हिमालको फेदीसम्म पुग्ने सडक र पूर्वाधार निर्माण

जुगल हिमाल, सुकुटे, तातोपानी, भैरवकुण्डलाई व्यावसायिक पर्यटन हबमा विकास

हाई-अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुटको विकास

पाँच वर्षमा पाँच हजार युवालाई प्रत्यक्ष रोजगार

कृषि मार्फत आर्थिक क्रान्ति

सिँचाइ, बीउ, मल, मूल्य र बजार सुनिश्चित

न्यूनतम समर्थन मूल्य र भण्डारण व्यवस्थापन

जडीबुटी उद्योग प्रवर्द्धन र प्राविधिक सेवा विस्तार

शिक्षा र स्वास्थ्य

नमुना विद्यालय, स्मार्ट कक्षा र नि:शुल्क गुणस्तरीय शिक्षा

SEE उत्तीर्ण विद्यार्थीलाई करियर काउन्सेलिङ

स्वास्थ्य सेवा र बीमा प्रणालीमा पहुँच सुनिश्चित

युवा, रोजगारी र डिजिटल सिन्धुपाल्चोक

गाउँ बस्तीमा उच्चगतिको इन्टरनेट र डिजिटल साक्षरता केन्द्र

युवा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन

सुशासन र भ्रष्टाचारविरुद्ध अभियान

सम्पत्ति छानबिन, डिजिटल प्रशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित

विपद् व्यवस्थापन र जलवायु न्याय

जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती

जलवायु परिवर्तनको असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आवाज

सामाजिक न्याय र समावेशिता

सहिद, बेपत्ता, घाइते र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सुविधा

महिला, दलित, आदिवासी, मजदुर, किसान र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व

जलस्रोत र ऊर्जा विकास

स्थानीयलाई प्राथमिकता, रोजगारी र रोयल्टी सुनिश्चित

विदेशमा रहेका नेपालीको अधिकार सुनिश्चितता

मताधिकार र युवाको क्षमता उपयोग सुनिश्चित

सापकोटाको चुनावी सन्देश

“हिजो जस्तै आज पनि म सहिद, घाइते र आमजनताका अधुरा सपनाहरूको संवाहक बनेर उभिएको छु। सिन्धुपाल्चोक-१ को सामूहिक सपनालाई म सदैव शीरमा राख्नेछु। फागुन २१ मा ‘तारा’ चिन्हमा मतदान गरी यो यात्रालाई निरन्तरता दिनुहोस्।”

उनका समर्थकहरू विश्वास गर्छन् कि सापकोटाको नेतृत्वमा सिन्धुपाल्चोकको समृद्धि, सुशासन र विकासको नयाँ युग सुरु हुनेछ।