रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वकाे तकसेरा गाउँमा मतदाता भेटघाट गर्दै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्नुभएको छ। प्रचण्डले मतदाता भेटघाटमार्फत गाउँबासीका समस्या, आवश्यकताहरू र विकासका सम्भावनाहरूबारे जानकारी लिनुभएको थियो।

त्यसपछि उहाँ पुथा–१२ विर्गुमखानी गाउँमा रहेका तामा खानीको अवलोकन गर्न पुग्नुभयो। अवलोकनको क्रममा प्रचण्डले खानीको अवस्थाबारे जानकारी लिनुका साथै खानीबाट स्थानीय जनसमुदायमा सिर्जित रोजगारी र आर्थिक फाइदाबारे छलफल गर्नुभयो।

स्थानीयवासीले प्रचण्डको सक्रिय उपस्थितिबाट उत्साहित हुँदै आगामी निर्वाचनमा योगदान दिने आश्वासन पनि व्यक्त गरेका छन्।