नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुनुपर्ने बताएका छन्। विघट संसद पुनस्थापना गर्नको लागि ओलीले चुनाव सार्ने बहाना बनाएका छन्। किनकि संसद पुनर्स्थापना भयो भने आफ्नो जित हुने र नेपाली कांग्रेसका नेता देउवालाई प्रधानमन्त्री बनाउन एक मात्र लक्ष्य रहेको छ ।प्रधानमन्त्री सुशीला कार्कीले हिमाली भेगमा हिउँ परे दुई चरणमा निर्वाचन हुनसक्ने अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले मिति सारेर भए पनि एकै चरणमा हुनुपर्ने बताएका हुन्। ‘हिमाली भेगमा हिउँ पर्छ भन्ने कुरा सबैलाई थाहा छ। त्यो हुँदाहुँदै किन फागुन २१ कै मिति राखियो। के सरकारलाई त्यो थाहा थिएन? फागुन २१ मा एकैचरणमा निर्वाचन गर्न भ्याइँदैन भने निर्वाचनको मिति सार,’ उनले भने। उनले निर्वाचन सम्पन्न भएपछि एक सेकेन्ड पनि ब्यालेट प्रतिनिधिको नजरबाट दूर हुन नसक्ने नबताए। ‘निर्वाचन सम्पन्न भएपछि तत्कालै मतगणना सुरू गर्नुपर्छ। एक मिनेट त के एक सेकेन्ड पनि मतपेटिका प्रतिनिधिको नजरबाट दूर हुनु हुँदैन,’ उनले भने। प्रधानमन्त्रीले हिमाली जिल्लामा हिउँ परेपछि निर्वाचन स्थगित हुने भन्ने अभिव्यक्तिमा ओलीले निर्वाचनको मिति तोक्ने बेलामा हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा किन थाहा नभएको भन्दै प्रश्न गरे। यस्तै, अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनु पर्ने बताए। ‘निर्वाचनको तयारी निष्पक्ष, मतदान बिनाडर त्रास र प्रलोभनमा हुनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनु हुँदैन। त्यसमा सबै चनाखो हुनुहोस।’