काठमाडौं । नेकपा एमालेले चुनावअघि नै गठबन्धन थालेकाे छ। एमालेका विरुद्ध जनलहर सृजना हुन नसकिरहेका बेला एमालेले निश्चित जिल्ला र निर्वाचन क्षेत्रमा गठबन्धन गरेकाे हाे। रुकुम पश्चिममा जनार्दन शर्मा र प्रचण्ड उम्मेदवार रहेको रुकुमपूर्वमा सन्दीप पुनलाई एमालेले भोट हाल्ने सहमति पत्रमा हस्ताक्षर भएकाे छ। आफ्नै जिल्लामा चुनाव जित्न कठिन हुने देखिएपछि प्रलाेपाका नेता शर्माले एमालेकाे सहयाेग मागेका हुन्।