गगनले टिकट हाेल्ड गरेपछि देउवा चुनाव नलड्ने भए

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले भाग नलिने जानकारी दिएका हुन् । देउवाले चुनाव लड्न डडेल्धुराबाट टिकट माग गरे पनि कांग्रेसले टिकट दिएको थिएन । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ (आज)गते मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए । उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन् ।

