एमालेमा ओलीले आलोचकलाई तह लगाउदै ‘भीम रावल’ कै हालत !

काठमाडौं । एमाले भर्खरै सम्पन्न महाधिवेशनका दौरान एक नेताले समाचार दैनिकसँगको कुराकानीमा भनेका थिए, ‘अब ओलीसँग प्यानल बनाएर चुनाव लडेर पराजित भएकाहरुलाई एक एक गरि ‘भीम रावल’ (पार्टी भित्रै भूमिकाविहिन बनाउने) बनाउँछन् ।’ चितवनमा सम्पन्न महाधिवेशनमा एमाले अध्यक्ष ओलीलाई भीम रावलले च्यालेन्ज गरेका थिए । अन्ततः रावल पार्टीमा भूमिका विहिन बनाउँदै कारबाहीमा परेपछि पार्टी छोड्न बाध्य भए । यसपाली वरिष्ट उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर ओलीविरुद्ध चुनाव लडेका थिए । अहिले अब पोखरेल लगायत टिमको भीम रावल बन्ने पालो आएको एमाले भित्र चर्चा छ । त्यसको सुरुवात ओलीले यसपालीकै चुनावदेखि गरिसकेका छन् । यसअघि पार्टी भित्र पाएको नीति अनुसन्धानको जिम्मा इश्वर पोखरेलबाट खोसेर चुनाव हारेका आफ्ना निकटस्थ विष्णु रिमाललाई दिलाए । काठमाडौं ५ मा यसअघि चुनाव लडेका र यसपाली पनि एकल सिफारिसमा परेका पोखरेललाई ओलीले यसपाली टिकट दिएनन् । पोखरेल मात्रै हैन, अघिल्लो चुनाव चितवनबाट जितेका पोखरेल प्यानलबाट चुनाव लडेका सुरेन्द्र पाण्डेलाई त झन यसपाली जिल्लाबाट सिफारिसमा समेत हालिएन । टिकट नपाउनेमा ताप्लेजुङबाट यसअघि चुनाव जितेका वर्तमान सचिव योगेश भट्टराई पनि छन् । भट्टराईले हिजो भएको टिकट वितरणबाट विचललित नहुन आफ्ना समर्थकलाई आग्रहसमेत गरेका छन् । शनिबारको सचिवालय बैठकमा योगेश भट्टराई आफैँ सहभागी थिए। तर, अध्यक्ष ओलीले इतर खेमालाई बाइपास गरेर उम्मेदवार टुंग्याएपछि भट्टराईले सामाजिक सञ्जालमा पार्टी निर्णयबाट विचलित नहुन आफू पक्षीय नेता कार्यकर्ताँलाई आह्वान गरेका हुन्। भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’ अर्का चर्चित नेता, ओलीसँग नजिक भएका र ओलीकै क्याविनेटमा संचारमन्त्री बनेका गोकुल बास्कोटालाई पनि काभ्रे २ मा ओलीले टिकट दिएनन् । हिजो टुंगिएको सूचीमा बास्कोटाको नाम छैन । अध्यक्षले पछि टुंगो लगाउने भनिएको छ । पाल्पाका ठाकुर गैरे, मोरङ चारका विनोद ढकाल, खोटाङका विशाल भट्टराई, विगतमा ओली किचन क्याविनेटमै बसेका तर गत महाधिवेशनमा ओलीविरोधी प्यानमा सचिव उठेका अग्नि खरेललाई पनि उनले टिकट दिएनन् । यस अघि भीम रावलसँगै कारबाहीमा परेका तर एमाले नत्यागेका डा बिन्दा पाण्डे, उषाकिरण तिम्सिना, र चितवनबाट चुनाव जितेका कृष्णभक्त पोखरेले पनि यसपाली टिकट पाएनन् । पोखरेल लामो समय माधवकुमार नेपाल नजिक रहेर नेकपा विभाजन ताका काम गरेपछि पछिल्लो चरणमा एमाले प्रवेश गरका थिए । लामो समय माधवकुमार नेपालको पक्षमा राजनीति गरेका तर पछिल्लो दिनमा ओलीकै पक्षमा खुलेका युवा नेता विष्णु रिजालले पनि दैलेखमा चुनाव लड्न टिकट पाएनन् । ओखलढुंगामा दुई पटक चुनाव जितेका यज्ञराज सुनुवारले पनि यसपाली टिकट पाएनन् । ओलीले आफ्ना पक्षमा खुलेकाहरुलाई भने क्षेत्र परिवर्तन गरेरै अनुकुलसमेत बनाइदिएका छन् । यसअघि मोरङमा चुनाव हारेका भानुभक्त ढकाललाई तेर्हथुमबाट टिकट दिलाए । विष्णु पौडेलको चुनावी क्षेत्र फेरियो । रुपन्देहीबाट उनलाई ठाकुर गैरेले चुनाव जितेको पाल्पा २ सरुवा गरियो र गैरेलाई टिकटविहिन बनाईयो । देशभर यस्ता प्रसस्त उदाहरण छन् । जसलाई कटाक्ष गर्दै उषाकिरणले लेखेकी छन्, ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड।’ यी हुन् एमालेका उम्मेदवार: सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला बोहरा २. वचनबहादुर सिंह ३. दीपक भट्ट अछाम १. झपटबहादुर बोहरा २. यज्ञ बोगटी बाजुरा १. लालबहादुर थापा डोटी १. दीपक धामी डडेल्धुरा १. चक्र स्नेही बझाङ १. अफिलाल ओखेडा बैतडी १. दामोदर भण्डारी दार्चुला १. गणेशसिंह ठगुन्ना कर्णाली प्रदेश सल्यान १. गुलाबजंग शाह रुकुम पश्चिम १. नन्दराम देवकोटा सुर्खेत १. धुर्व शाही २. कुलमणि देवकोटा कालिकोट १. नागेन्द्र शाही (नेसनल) जुम्ला १. शान्तिबहादुर महत मुगु १. पूर्णबहादुर रोकाया हुम्ला १. दल फडेरा डोल्पा १. लङ्क रोकाया दैलेख १. रविन्द्रराज शर्मा २. लक्ष्मीराज शर्मा जाजरकोट १. डम्मरबहादुर सिंह लुम्बिनी प्रदेश नवलपरासी १. रामप्रसाद पाण्डे २. भगवतीप्रसाद यादव रुपन्देही १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. बासुदेव घिमिरे ४. अध्यक्षले टुङ्गाउने ५. खिमलाल भट्टराई कपिलवस्तु १. विश्राम चौधरी २. अध्यक्षले टुङ्गाउने ३. बिरेन्द्र कडौनिया दाङ १. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने २. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने ३. घनश्याम पाण्डे बाँके १. सूर्य ढकाल २. अध्यक्षले टुङ्गाउने ३. दलबहादुर सुनार बर्दिया १. सालिकराम अधिकारी २. विमला विक पाल्पा १. नारायण आचार्य २. विष्णुप्रसाद पोडेल रुकुम पूर्व १. अध्यक्षले टुङ्गाउने रोल्पा १. गोकुल घर्ती प्यूठान १. सूर्यबहादुर थापा अर्घाखाँची १. पिताम्बर भुसाल गुल्मी १. प्रदीप ज्ञवाली २. गोकर्ण बिष्ट गण्डकी प्रदेश नवलपुर १. भागीरथ सापकोटा २. तिलबहादुर (तिलक) महत क्षेत्री गोरखा १. आरसी लामिछाने २. मिलन गुरुङ लमजुङ १. पृथ्वीसुब्बा गुरुङ तनहुँ १. भगवती न्यौपाने २. केदार सिग्देल स्याङ्जा १. मिनप्रसाद गुरुङ २. खिमबहादुर थापा म्याग्दी १. हरिकृष्ण श्रेष्ठ कास्की १. बैणबहादुर क्षेत्री २. कृष्ण थापा ३. दामोदर बैरागी बागलुङ १. हिरा केसी २. मञ्जु शर्मा चालिसे मुस्ताङ १. इन्द्रधारा बिष्ट मनाङ १. पोल्देन सोताङ गुरुङ पर्वत १. पदम गिरी बागमती प्रदेश सिन्धुली १. प्रदीप केसी ९कटुवाल० २. मनोजजंग थापा रामेछाप १. माधवप्रसाद ढुङ्गेल दोलखा १. पार्वत गुरुङ सिन्धुपाल्चोक १. आङदोर्जे शेर्पा २. शेरबहादुर तामाङ काभ्रे १. अमित लामा २. अध्यक्षले टुङ्गाउने धादिङ १. भूमी त्रिपाठी २. धनबहादुर घले नुवाकोट १. बद्री मैनाली २. केशव पाण्डे रसुवा १. प्रेमबहादुर तामाङ मकवानपुर १. रामेश्वर राना २. महेश बर्तौला चितवन १. कृष्णराज (कमल) पाठक २. अस्मिन घिमिरे ३. शंकरराज थपलिया काठमाडौं १. मोहन रेग्मी २. मणिराम फुयाल ३. रामेश्वर फुयाल ४. अध्यक्षले टुङ्गाउने ५. अध्यक्षले टुङ्गाउने ६. अमनकुमार मास्के ७. अध्यक्षले टुङ्गाउने ८. राजेश शाक्य ९. अध्यक्षले टुङ्गाउने १०. विनोद श्रेष्ठ ललितपुर १. चेतनाथ सञ्जेल २. प्रेमबहादुर महर्जन ३. अध्यक्षले टुङ्गाउने मधेश प्रदेश सप्तरी १. सुमन प्याकुरेल २. सतिश सिंह ३. ताराकान्त चौधरी ४. बालकृष्ण चौधरी सिराहा १. केदार यादव २. नविनकुमार यादव ३. लिलानाथ श्रेष्ठ ४. बिल्टु यादव धनुषा १. रामचन्द्र मण्डल २. उमाशंकर अग्रहरि ३. जुली महतो ४. रघुवीर महासेठ महोत्तरी १. लक्ष्मी महतो कोइरी २. रामपरिक्षण यादव ३. अध्यक्षले टुङ्गाउने ४. सरोज यादव सर्लाही १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. हरि उप्रेती रौतहट १. अजय गुप्ता २. शैलेन्द्र साह ३. कुन्दन कुशवाहा ४. रामजी शाह बारा १. अच्युत मैनाली २. बलवीर चौधरी ३. ज्वाला शाह ४. किसान श्रेष्ठ पर्सा १. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. प्रमोद जैसवाल ४. जालिम मियाँ अन्सारी कोशी प्रदेश ताप्लेजुङ १. अध्यक्षले टुङ्गाउने पाँचथर १. ऐन्द्रसुन्दर नेम्वाङ इलाम १. काजिमान कागते २. सुहाङ नेम्वाङ झापा १. रामचन्द्र उप्रेती २. देवराज घिमिरे ३. अध्यक्षले टुङ्गाउने ४. मनोज ताम्ली ५. केपी शर्मा ओली संखुवासभा १. डा. अर्जुन कार्की धनकुटा १. राजेन्द्र राई भोजपुर १. शेर्दन राई तेह्रथुम १. भानुभक्त ढकाल सुनसरी १. सूर्य पन्दाक २र३. जगदीश कुसियात (सो मध्य–१ अध्यक्षले टुङ्गाउने) ४. भगवती चौधरी मोरङ १. घनश्याम खतिवडा २. दिलीप बगेडिया ३. दिलीप राई ४. जीवन घिमिरे ५. अध्यक्षले टुङ्गाउने ६. अध्यक्षले टुङ्गाउने सोलुखुम्बु १. कल्पना राई ओखलढुंगा १. अस्मिता थापा उदयपुर १. दुर्गा थापा स्वोती २. अमर रायमाझी खोटाङ १. देवविक्रम राई उम्मेदवार छनोटप्रति एमालेमा असन्तुष्टि, बढ्दो छ । शनिबारको बैठकमा पनि ईश्वर पक्षलाई पाखा लगाएपछि योगेशले लेखे ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

