नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभा आज देउखुरीमा : प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

देउखुरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बृहत कम्युनिष्ट एकीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आज लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा दाङको देउखुरीमा आयोजना गर्दैछ। यो सभा देशव्यापी एकता अभियान अन्तरगत आज दिउँसो १ बजे दाङको देउखुरीमा विशाल सभाको आयोजना गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।
सन्देश सभाका लागि पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितका शीर्ष त्यसतर्फ लागेका छन् । सभालाई प्रचण्डसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सभामा सहभागी हुन दाङ र आसपासका जिल्लाबाट हजारौँको सहभागिता रहनेछ । नेकपाको यो अभियानले विभिन्न कम्युनिष्ट धारका पार्टीहरूको एकीकरणलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।

