सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले ISO/IEC 27001 : 2022 प्रमाणपत्र नवीकरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ ISO/IEC 27001: 2022 को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न न्तराष्ट्रिय मापदण्डको आधारमा ISO/IEC 27001: 2022 सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड ISO/IEC 27001: 2022 प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।
क्ष्क्इरक्ष्भ्ऋ द्दठण्ण्ज्ञस् द्दण्द्दद्द को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।

