लोकतन्त्र पनि भयो, नेता खोकतन्त्र !

अग्निज्वाला काठमाडौं

चप्पल तुने नेताहरू बंगलाका साहु, जनतालाई लुछिखाने सप्पै रछन राहु ।अायाे भन्याैं लाेकतन्त्र, हेर्याैं लाेकतन्त्र

लाेकतन्त्र पनि भयाे, नेता खाेकतन्त्र ।

अायाे भन्याैं लाेकतन्त्र, हेर्याै लाेकतन्त्र
लाेकतन्त्र नि भयाे अैले, नेता खाेकतन्त्र ।।

चप्पल तुने नेताहरू बंगलाका साहु
जनतालाई लुछिखाने सप्पै रछन राहु ।
श्रमजीवी जनताका चिसै चुल्हाे अझ
कमारै छाैं गरीप जन्ता लाेकतन्त्रमा अझ ।।

फेरिने हाे कैले हाम्राे जीऊकाे भाेटाे चाेली
हाँस्न पाऊने कहिले हाम्ले हिरदयेलाई खाेली ।।

काखका सन्तान बली चढे जनतन्त्र ल्याउन
सुख अनि समृद्धिका नयाँ दिन ल्याऊन ।
तर छाक जाेहाे गर्न नि गाराे भयाे हाम्लाई
थिचाेमिचाे घटेन याे शासनमा नि हाम्लाई ।।

अायाे भन्याैं लाेकतन्त्र, हेर्याै लाेकतन्त्र
लाेकतन्त्र नि भयाे अैले, नेता खाेकतन्त्र

(सन्दर्भ : लाेकतन्त्र दिवस २०७५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *