पशु स्वास्थ्य तथा पशुपालन सल्लाककार
अष्ट्रीच नेपालन प्रा.ली. रुपन्देही
पृष्ठभुमी ः
ग्रामीण क्षेत्रमा बाख्रा पालनको बिषेश स्थान छ । बाख्रा पालन प्रायः जसो सबै जलवायुमा कम लागतमा सामान्य खोर गोठ सामान्य हेर चाह तथा पालन गर्न सम्भब छ ।यीनको उत्पादत बिक्री गर्न बजार सवत्र उपलब्ध छ । यस कारण पनि पशुधनहरुमा बाख्रा पालनको विशेष स्थान छ । माथी उल्लेखित विशेष गुणहरुकै कारण होला माहात्मा गान्धीले बाख्रालाई गरिबको गाइ भनेको । आजको परिवेशमा पनी उक्त कथन सान्र्दभिक छ । आज दाना आहारा औषधिको चर्को मुल्यका कारण पशुपंक्षि पालनका अन्य क्षेत्र आर्थिक दृष्टिले कम फलदायी हुँदै गई रहेको बेला बाख्रा पालन कम लागत तर हेरचाह गरे पुग्ने भएकाले गरीब सिमान्त कृत तथा कृषि मजदुरका लागि जिबिकोपार्जनको एउटा साधनको रुपमा देखा परेको छ । यती मात्र हैन यसबाट हुने आयले गर्दा आर्थिक रुपले सम्पन्न हुने मानीस हरुलाई आकर्षित गर्दै छ बाख्रा पालन प्रति बढदो शहरिकरण जनसंख्या वृद्धि तथा प्रति ब्यक्ती आयमा भएको वृद्धिले खसिको माग पनि बढदो क्रममा छ। प्रत्येक बर्ष बाख्राको संख्या पनी बढदो छ । फेरि पनी खसीको मासु बजारमा टिकेको छ किनभने प्रति ब्यक्ती दैनिक मासुको खपत बढने क्रममा छ । यस्तोमा हाम्रो जस्तो मुलुकमा बाख्रा पालनले अपार संभावना बोकेको छ मात्र उचीत मार्गदर्शनको आवश्यकता छ ।
बाख्राको खोर गोठको व्यवस्थापन ः
बाख्राको खोर गोठ आरामदायी हुनु आवश्यक हुन्छ जस्ले घाम पानी चीसो तथा जंगली जनावरबाट सुरक्षित राखोस । यीनहरुलाई बस्ने यथेष्ठ ठाउँ चाहिन्छ । एउटा तन्नेरी बाख्रा बाख्रीको लागी १० वर्गा फिट ठाउँ चाहिन्छ । खोर गोठको भुइतल समतल सफा सुग्घर हुनु पर्छ । खोर गोठको छानो घास फुल पराल छवाली तथा एस्वेस्टास प्रयोग गरीएको पनि हुन सक्छ । शुद्ध हावाको आवागमन राम्रो हुनु पर्दछ जस्ले गर्दा पिसाब बडकुलाको गन्ध गोठमा जम्मा हुन नपाओस ताकी बाख्रामा स्वास प्रस्वास जन्य रोग न लागोस । घर पुर्व – पशिचममा हुनुपर्दछ जस्ले गर्दा सुर्यको प्रकाशले खोर गोठमा भएका जीवणु किटानुलाई नष्ट गर्न सकोस । बाख्रा बाख्री , गर्मीणी वा दुध दिने , पाठा पाठी तथा विमारीलाई राख्न स– साना खोर बनाउनु पर्दछ बेग्ला बेग्लै खोर गोठलाई नियमीत रुपमा सरसफाई फिनाइल पानीले धुने गर्नु गर्छ । बाख्राको लागी खोर गोठ आफ्नो घर सँगै टासेर वनाउन सकिन्छ यसले खोर गोठ वनाउन सजीलो र सस्तो पनि हुन्छ ।
जाडोकोमौसममा बाख्राको व्यवस्थापन ः
बाख्राहरु चिसो प्रति अती संवेदनशील हुन्छन् तथा यीनीहरुलाई चाडै चिसोले समात्छ, त्यसैले यीनीहरु को खोर गोठ यस्तो बेला चारै तिर बाट बारेको हुनुपर्दछ । यीनीहरु खोर गोठको छानो आधा मिटर बाहिर निस्केको हुनुपर्दछ जस्ले गर्दा पानीको वाच्छीटा बाट बचाउन सजिलो हुन्छ । बाख्राको खोर गोठको झ्यालहरु बोरले छोपेर राख्नु पर्छ जस्ले गर्दा चिसो हावा भित्र नपरोस । भीत्रको तापक्रम उपयुक्त राख्न उपयुक्त विजुिलीको बल्व लगाउनु पर्दछ जस्ले गर्दाै बाख्रालाई चिसो नलागोस खोर गोठमा दाउरा वाल्ने बाट बिददतीय हिटर पनि प्रयोग गर्न सकिन्छ । चिसोले गर्दा बाख्रामा सामान्यतया खोकी लाग्ने नाक वग्ने , हाछछीयु आउने तथा थरथर कामने देखिन सक्छ यस्तो बेला पशु चिकित्सक सँग आवश्यक सल्लाह लीनु उचीत हुन्छ । प्रायः जसो बाख्रा पालन गर्ने कृषकहरुलेबाख्रालाई खोकी लागेको बेला तोरीको तेल पियाउने गर्दछन् जुन स्वासनली हुुदै फोक्सोमा जम्मा हुन पुग्दछ जस्ले गर्दा फोक्सोबाट आवाज आउन थाल्दछ जस्ले गंभिर विरामीको रुप लीन सक्छ । जाडोको मौसममा चिसो पानीको साटो मन तातो पानी दिने गर्नु पर्छ जस्ले स्वास प्रस्वास प्रणालीलाई तातो पार्ने काम गर्दछ । बाख्राहरुलाई विहान घाम लागे पछि मात्र खोर गोठबाट बाहिर निकाल्नु पर्छ ताकी चिसोले नसमातोस बाख्रा बिरमी परेमा तुरुन्त पशुचिकित्सक संग संर्पक अवश्य गर्नु पर्छ । आफु खुशी मनलागी कुन पनि खुवाउने पियाउने गर्नु हुदैन ।
बाख्राको रोगको ब्यवस्थापन ः
भनिन्छ रोग लागे पछि उपचार गर्नु भन्दा राम्रो रोग लाग्न नदिने उपायहरुमा पुरा ध्यान दिनु पर्छ ।

रोगको नाम रोगको श्रोत संक्रमणकाल लक्षण रोकथाम उपचार
बाख्राको पकस ः बिफर ः
यो रोग हावा द्धारा छुवाछुत द्धार घाम सवंमित बस्तुद्धारा फैलिन्छ । रोगको अवधि २ देखि ७ दिन सम्म रहन्छ । प्रमुख लक्षणहरुमा बडा ज्वरो आउने , आंखा नाक बाट स्त्राव वग्ने छिटो छिटो सास फेर्ने दानापानी खान छाड्ने , छालामा रातो फोका उठने जुन केही दिन पछि पापरा भएर सुकेर जाने दाग वस्ने बथानमा १५ देखि २० प्रतिशत मृत्यु दर हुने खोप लगाई रोकथाम गर्न सकिन्छ । रोगी बाख्रालाई निरोगी बाख्राहरुबाट छुट्याएर राख्ने तथा खोर गोठको सरसफाईमा ध्यान दिने ।
कन्टेजियस एकथाइमा – मुहालो ) ः
छुवाछुत द्धारा सर्ने गर्दछ बर्ष भरी देखिन्छ तर खास गरी गर्मी तथा बसंत क्रृतीमा । रोगको अवधि सात दिन रहन्छ । स साना पाठापाठी बढि प्रभावीत हुन्छन् । रोग फैलीदा बथानका सत्तरी देखि असी प्रतिशत प्रभावित हुने गर्दछन् । छालामा विशेषगरी मुख ओठमा रातो फोका देखिन्छन् जुन तीन देखि चार सप्ताह पछि निको भएर जान्छन् । कहिले काहि घाउका फोकाहरु मुख तथा नाक भीत्र पनि फैलिएर जान सक्दछन् । मृत्युदर कमै हुन्छ । खोप उपलब्ध छैन सरसफाइको व्यवस्था गर्नु पर्छ घाउ खटिराको उपयुक्त उपचार गर्नु पर्दछ ।
खोरेत बाख्रामा ः
महामारी छुवाछुत जनीत रोग मानीन्छ । तीन चार दिन कडा ज्वरो आउने , उप्पादनमा कमी मुखबाट ¥याल काठने मुखको गीजा जिव्रोमा घाउ हुने खुरको वीचमा पनी फोका उठी घाउ हुने । जस्को कारण पशु लग्डो हुन सक्छ । निरोगी बाख्रालार्य रोगीबाट छुट्याएर बेग्लै राख्ने मुखको घाउलाई बोरो ग्लिसिनको लेप लगाएर उपचार गर्ने खुट्टाहरु तथा खुरको बीचमा देखिएको घाउलाई पोटास पानीको झोलले सफा गरी हिमेकस जस्ता मल्हम लगाउने साथै उपयुक्त एन्टीवायोटिक तथा भिटामीनको इन्जेकसन दिने
पि.पि.आर ः
जस्लाई बाख्राको प्लेग पनि भनिन्छ , यो माहामारीको रुपमा देखिन्छ । रोग लागेको बथानमा शत प्रतिशत मृत्यु हुने गर्दछ । आंखाको पानी ,दिसा पसाव खकार स्वास द्धारा चाडै फैलिन्छ । तीन देखि पाँच दिन सम्म १०६ डिग्री सेल्सीयम सम्मको कडा ज्वरो आउने , जिव्रो तालु ओठ गीजामा खटिरा आउने झाडा पखाला लाग्ने चिसो लाग्ने खोकने सास फेर्न गाहे हुने गर्भपतन हुने मृत्यु हुने । बाख्रामा यो रोगनै सवै भन्दा बढी मृत्युको कारण मानीन्छ बार्षिक खोप लगाई रोकथाम गर्न सकिन्छ । अन्तबाट ल्यायेका बाख्रालाई खोप लगाईमुल घरका बथानबाट एक हप्ता बेग्लै राख्नु पर्दछ । निरोग ठहर पछि मात्र बथानमा मिसाउने ।
निमोनिया ः
फोक्सोलाई असर गर्ने घातक सरुवा रोग मानीन्छ । सासद्धारा फैलिन्छ । रोगको अवधि छ देखि दश दिन । शत प्रतिशत पशु प्रभावीत हुन्छन् । मृत्यु दर साठी देखि शत प्रतिशत पशु प्रभावित हुन्छन् । खोकी लाग्नु सास फेर्न गाहे हुने हिड्दा वथानमा पछि पर्ने लंगडो हुने ज्वरो आउने मुखले सास फेर्ने जिव्रो वाहिर निकालने फिज मिसिएको ¥उाm काडने । सुख्खा चिसो मुक्त खोर व्यवस्थ ागर्ने संतुलीत आहारा दिने नियमीत समयावधिमा आन्तरीक परजीवी विरुद्ध औषधि खुवाउने वर्षायाममा चराउन नलैजाने ।
भ्यागुते ः
यो रोग महामारीको रुपमा देखा पर्दछ । संक्रमीत दाना पानी तथा सास ाद्धारा फैलिन्छ । दुई ििदन कडा ज्वरो आउने अरुची गाला घाटी जीब्रो सुन्नीने नाक आखा तथा मुखबाट पानी वग्ने सास फेर्न गाह्ने हुने घुर्र घुर्र आवाज निकाल्ने १२ देखि १४ घण्टामा मृत्यु हुने । नियमित खोप लगाई रोकथाम गर्न सकिन्छ । गोठको सरसफाईमा ध्यान दिने रोगीलाई बथानबाट चाडै छुटयाएर बेग्लै राख्ने ।
इिन्ट्रो टाकसीमीया ः आन्द्घ्र विषक्ती
छ देखि आठ महिनाका उमेरका पाठा पाठीमा देखिने भयानक रोग मानिन्छ । जाडो मौसम बढी देखिन्छ । दाना आहाराका कारण संक्रमण हुने अचानक उच्च प्रोटिन युक्त दाना दिदा हुने झाडा पखाला लाग्ने , बेसुध भई ढलमलिदै हिड्ने मुखबाट फिज काढने पेट दुखने अचेत हुने पनि देखिन सक्छ । नियमीत खोप लगाई रोकथाम गर्न सकिन्छ । खोर गोठमा वर्षमा दुइ तीन पटक चुन छर्नु आवश्यक हुन्छ । भरखर जन्मेका पाढापाढीलाई माउको बेगौती दुध अनीवार्य रुपमा खुवाउनु पर्छ ।
काकसीडियोसीस ः
खोर गोठमा फोहर भएमा दुषित दाना पानी तथा दाना आहारा पोष्टीक तत्वको कमी रोग फैलिनमा सहायक मानिन्छ । दुइ तीन सप्ताह रगत मिसिएको झाडा पखाला लाग्ने कमजोर हुने दश प्रतिशत मृत्यु दर । खोर गोठको सरसफाई राम्रो सीत गर्ने वयस्क तथा पाठापाठीलाई वेग्ला वेग्लै राख्ने । बाख्राको संख्या उमेर एव किसीम अनुसार आवश्यक वासस्थलको ठाउँको व्यवस्थ ागर्ने । खोर गोठ सधै सुख्खा राख्ने बेला बेलामा जीवाणु नाशक औषधि खोर गोठ भीत्र बाहिर तथा भुइतलमा छर्कने निसंक्रमण गर्ने ।