मदिरा दुव्र्यसन स्वास्थ्य र सामाजिक समस्या पुनस्र्थापनर् डा. केदार कार्की

सेवा निवृत प्रमुख भेटेरीनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर
पृष्ढभुमीः
मदिरा अर्थात रक्सी प्राचिन कालदेखि नै कुनै न कुनै रुपमा प्रयोग हुँदै आएको छ । पेनकिलरको उत्पादन हुनु भन्दा पहिला मदिरालाई दुःखाइ कम गर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो । तर हिजोआज मदिरा नशाको लागि सेवन गरिन्छ । मदिरा ९अल्कोहल० यस्तो लागुपदार्थ हो, जसले मानिसलाई यसरी मोहनी लगाउँछ कि यसको लतको खाल्टोमा परेपछि त्यहाँबाट निस्कन निकै गाह्रो हुन्छ । मदिराकै करण मानिसको जीवन निकै कष्टकर हुन्छ, मदिरा प्रति को निर्भरता नहटेको खण्डमा अल्पायुमै जीवन समाप्त हुन्छ ।
एल्कोहोलिज्म मदिरा दुव्र्यशन यस शब्दबाट सबै परिचित छौ । भनिन्छ मदिरा पिउने बानी बिस्तारै बिस्तारै विकशित हुन्छ अनी यो लत बस्दछ । हाम्रो समाजमा पुरुषहरुको मदिरा पिउने लतका कारण महिलाहरु घरेलु हिन्सा एव प्रताडनाको शिकार हुन्छन् । सडक दुर्घटनाहरुको कैयौं कारणहरुमा मदिरा पनि एउटा मुख्य कारण मानिन्छ । मदिराको कुलतमा लाग्नाले मानिसमा कैयौ किसिमका रोग व्याधि निम्तन सक्तछ । जस्ले गर्दा असमायिक मृत्यु हुन सक्तछ । यद्ययपी मदिराको कारणले हुने क्षती बारे जान्दा जान्दै पनि मानिसहरु मदिराको ब्यशनलाईत्याग्न सक्तैनन । मदिरा पिउन लत लाग्नुलाई अल्कोहिज्म भनिन्छ । जब कुनै मानिसले धेरै बढी मदिरा सेवन गर्दछ एव उसको शरीर मदिराको आदी अभ्यस्त हुन्छ भने मदिरा उस्को जीवनको सबैै भन्दा बढी आवश्यक कुरो हुन जान्छ । तीनले जब मदिरा पिउने इन्छालाई नियन्त्रण गर्न सक्तैनन यस्तो अवस्थालाई अल्कोहिज्य भनिन्छ । जागिर छुट्ने सम्बन्ध विच्छेद जस्ता मानिसको जिन्दगीमा घट्ना पछि पनि मदिराको दुव्र्यशनमा मानिस मुक्त हुन सक्तैनन ।
मदिरा दुवर्यशनको कारण ः
एल्कोहोेलिज्म वा मदिरा दुव्र्यशनको ठयाक्कै यकिन कारण अहिले सम्म ज्ञात हुन सकेको छैन। तर यस्को पछि अनुवांशिक, मनोवैज्ञानिक सामाजिक एवं पर्यावरणिय ततवहरु जिम्मेवार हुन्छन् । प्रायः जसो मदिरा सेवनको लत त्यती बेला लाग्दछ जब धेरै मदिरा सेवनका कारण मस्तिष्कमा रसायनिक परिवर्तन हुन्छ । मदिरा सेवन पछि मस्तिष्कमा डोपामिनको तह बढ्दछ । डोपामीनको तहले मदिरा सेवनको अनुभुतीलाई मजेदार बनाउछ एव यस्का कारण पटक पटक मदिरा सेवन गर्ने चाहना हुन्छ । समय सँगै मदिरा सेवन गर्ने व्यशन विस्तारै बढ्दै जान्छ । लत बसे पछि शरीरलाई यस्को आवश्यकता महशुस हुन थाल्दछ एवं ब्यक्तिले राम्रो महशुस गर्न एव तनाव मुक्त हुन मदिराको सहारा लिन थाल्दछ । यस बाहेक मदिराको व्यशन अन्य कारणहरुले पनि बस्न सक्तछ । दिन दिनै भोज भतेर गर्ने एवं पव जाने शोकिन मानिसहरुलाई पनि अरुलाई देखेर मदिराकोे व्यशन बस्दछ । यदि परिबारमा कुनै सदस्यले मदिरा सेवन गर्ने गरेको भए अरुलाई पनि यस्को लत लाग्न सक्तछ । गलत माानिसहरुको संगतिका कारण मदिरा सेिवन गर्ने लत लाग्नु स्वभाविक हुन्छ । जीवनमा दुख तनाब, डिप्रेशन एव कार्य बोझ बाट चिन्तामुक्त हुनका लागी पनि मानिसहरु मदिरा सेवन गर्ने बानी बसाल्दछन् ।
म्दिरा दुब्र्यशनको लक्षणहरु ः
म्दिरा दुिव्र्यशन भएका ब्यक्तिको ब्यवहार एवं शारिरिक हाउभाउबाट लक्षण देखिने गर्दछ । जसबाट सजिलै सँग थाहा हुन्छ कि यो ब्यक्ति दुव्र्यशनबाट गूस्त छ । एकलै मदिरा सेवन गर्ने मदिराको प्रभाव अनुभुती गर्न अत्याधिक मदिरा सेिवन गर्ने मदिरा सेविन गरे न गरेको बारे सोधपुछ गर्दा रिसाउने आक्रमक हुने राम्ररी भोक नलाग्ने खाना न खाने आफ्नो शरीरको सरसफाइमा ध्यान नदिने दुव्यएशनका कारण कार्यालय तथा काममा अनियमित हुने मदिरा सेवन नियन्त्रण गर्न नसकने मदिरा सेविन गर्न बहाना बनाउने आर्थिक समस्या गूस्त हुदा पनि मदिरा सेवन न छाड्ने सामाजिक व्यवहायिक एव मनोरन्जक गतिविधिहरुबाट टाढा बस्ने मदिरा सेिवन न गर्दा बैचैनी अनुभुती गर्ने मदिरा सेवन न गर्दा बाक बाकी लागने बान्ता गनेृ मदिरा सवन पछि भोलीपल्ट केही सम्झना नहुने एल्कोहोलिक किटोएसीडोसस्स एवं सिरोसीस जस्तारोगहरु ब ाट ग्रसीत हुने आदि प्रमुख लक्ष(ा मानिन्छ ।
मदिर दुव्यशनका चरणहरु ः
यदि तपार्य हामी यस कुरालाई लिएर चिन्तित छौ कि तपाई वा तपार्य को कोइ प्रिय आफन्त कसरी मदिरा दुव्यशनी हन सक्तछ भने दुव्यर्शनका चरणहरु जाननाले तपाइलाई यस बाट मुक्त हुन एव उपचारका लागी उपलब्ध विकल्पहरु छनौट मद्दत गनेृछ । मदिरा दुव्यशनका चार चरणहरु लाय इ मोेटन जेलिनेक द्धारा परिभाषित गरिएको थियो जो एक वैज्ञानिक थिए जस्ले मदिरा माथि व्यापम काम गेरका थिए मदिरा दुव्यशनकाा चार चर(ाहरुमा ः पूर्व दुव्र्यशनी प्रारम्भीक दुव्र्यशनी मध्य दुव्यशनी एवं पुरानो दुवर्यशनी मानिछ ।
पहिलो चरण प्रि अल्कोहोलीक पूबै दुब्र्यशनी ः
मदिरा दुव्र्यशनको प्रारम्भीक चर(ालार्य प्रि अल्कोहोलीक चरण भनिन्छ । यस बेला मरिा सेवन समस्याको धेरै कम प्रमाण हुन्छन् । यस चरणको शुरुवात मुख्य रुपले सामाजिक हुन्छ । यद्ययपी जसै मदिराको व्यशनको यो चरण अघि बढ्छ मदिरा सेवनको उपयोग तनाबमा कमी गारउने साधनका रुपमा गरिन थालिन्छ । यस चरणको प्रमुख शारिरिक बिषेषता भनेको व्यक्ति मदिराको लागी सहिष्णुता विकशीत गर्न शुरु गर्दछ । यस्को अर्थ उस्ले कुन पनि बेला धेरै मात्रामा मदिरा सेवन गर्न सक्तछ यदि हामी सोच्छौ कि के प्रि अल्कोहोलिक वा प्रिमादक अवस्थामा छौ भने आफैलाई साध्नुस के तपाइ आफुलाइ राम्रो अनुभुती गर्नका लागी सेवन गर्नुहुन्छ वा तपाई सृवन गर्नुहुन्छ किनकी तपाई को छेउछाउका मानिसहरु मदिरा सेवन गर्दैछन् ।एव यो सामाजिक रुपले उपयुक्त छ । यदि तपाई सामाजिक मानिसहरु सँग प्रबन्धनीय मात्रामा सेवन गर्दै हुनुहुन्छ भने तपाई चिन्तीत हुनु पर्ने आवश्यकता छैन । तर यदि तपाई आफूलाई राम्रो अनुभुती गर्न चिन्ता बाट बच्न नराम्रो सम्झना बिर्सन चिन्ता कम गर्न मदिरा सेवन गर्दै हुनुहुन्छ भने तपाई प्रि–अकोहोलिक अवस्थामाा हुनुहुन्छ । यदि यस्तो हो भने आफ्नो मदिरा सेवनको समस्या बारे चर्चा गर्न आफ्नो चिकित्सक सँग सम्पर्क गर्नुपर्ने छ ।
दोश्रोे चरण ः अर्ली अल्कोहोलीक प्रारम्भीक दुव्र्यशनी ः यदि व्यक्ति द्धारा आफ्नो मदिरा सम्वन्धी ब्लैक आउटको सामना गरे पछि झुम्म, लठठ परेपछि व्यक्ति दुव्यिहनको प्रारम्भीक मादक अवस्थामा पुग्दछ । दुव्यहनको मध्य चरणको बेला व्यक्तीले शारीरीक एवं सामाजीक परिबर्तनहरुको अनुभव गर्न सक्तछन । यस चरणलाई एउटा बढदो असुविधा सङग जोडिन्छ जस्ले गर्दा यसलाई प्रतिरोध गर्ने असमर्थता संग जोडन सकियोस । ब्यक्तीले आफ्ना साथीसंङगीहरु वा आफन्त प्रियजनहरु संङग मदिरा सेवन बारे झुठो बोल्न सक्छ । लुकाउन सक्छ यस अवस्थाको बेला ब्यक्तीमा मदिरा प्रतिको सहनसिलता बढदै जान्छ । ब्यक्ती हर पल मदिरा को विचारहरुमा ग्रस्त हुन सक्तछ ।
तेस्रो चरण ः मध्य मदिरा दुब्र्यशनी ः यस चरणमा पुगेका मदिरा दुब्यशनीहरुको लक्षण सामान्यतया साथी एवं परिवारका सदस्यहरुलाई प्रस्ट हुन्छ । मदिरा सेवनको धङधङीका कारण दुब्यर्शनिले आफ्नो काम एवं सामाजिक दायीत्व बिर्सन सुरु गर्दछ । दुब्र्यशनिले अनुचित बेला केटाकेटीहरुको हेरचाह सवारी चलाउँदा मदिरा सेवन गर्न सक्दछ । परिवार साथीभाई संङग बादविबाद गर्दा झर्किने रिसाउने हुन सक्दछ । मदिरा सेवनले गर्दा दुब्र्यशनीको सारिरिक परिवर्तन हुन शुरु हुन्छ । अनुहार रातो हुने, पेट फुल्ने सुस्ती तौल बढने वा घटने जस्ता लक्षणहरु देखा पर्न थाल्दछ ।
चौथो चरण ः दिर्घ दुब्र्यशनी ः यस अवस्थाको बेला लामो समय सम्म मदिराको दुरुपयोग का प्रभावहरु प्रस्ट हुन्छन एवं गम्भीर स्वास्थ्य समस्याहरु विकशीत हुन सक्तछ । मदिरा सेवन दिन भरीको दिनचर्या बन्न जान्छ एवं परिवार साथीभाई मदिरा सेवनले गर्दा छुट्टीदै जान्छन । जागिर जानु ठुलो कुरो भएन अहिले सम्म नगएको भए मदिरा सेवनले गर्दा हुने मनोग्रस र कलेजोको सिरोसीस जस्ता बिकृत स्वास्थ्य अवस्था विकशीत हुने छ । मानसिक उन्माद एवं अत्याधिक भयभित हुने एवं कुराहरु प्रस्ट पार्न नसक्नु यस चरणका विषेशताहरु हुन ।
मदिरा दुब्र्यशन जनित स्वास्थ्य जटिलताहरु ः
लामो समय सम्म मदिरा सेवन गर्नाले दिर्घकालीन प्रभावका कारणा कार्डियोमायोपैथी (मुटुको मांशपेशी बढने तर अक्षमहुने) मुटुको धडकन अनियमित हुने, उच्च रक्तचाप एवं हृदयघात, फैटटी लिवर , अल्कोहोलीक हेपाटाइटिस, फाईब्रोसिस सिरोसिर एवं हेपाटोसेलुलर कार्सिनोमा हुन सक्तछ । अग्रासय सोध एवं अग्रासय संबन्धि समस्याहरु टाउको घाँटिको कैन्सर, कलेजोको कैन्सर कोलोरेकटल कैन्सर हुन सक्तछ यस बाहेक कमजोर प्रतिरक्षा प्रणाली, संज्ञानात्मक समस्या, स्मृती हानी अनी कुरा प्रस्ट पार्न नसक्ने समस्या उत्पन्न हुन्छ । मदिरा दुब्यशनका कारण स्मरण शक्ति कमजोर हुने संधै थकाई लाग्नु आँखाको ज्योति हराउने घरेलु हिंसा बढने सवारी दुर्घटनाका कारण मृत्यु हुने हुन सक्दछ । यस बाहेक काम स्कुल एवं पारिवारिक दायीत्व पुरा गर्न विफल जस्ता दिर्घकालीन प्रभाव देखिने छ । सम्वन्ध विच्छेद, घरेलु हिंसा, बेरोजगारी बेघर एवं आर्थिक समस्या त सामान्य भए ।
उपचारः
मदिरा निर्भरता एक मानसिक रोग भएकाले यसको उपचार आवश्यक छ । मानिसलाई मदिराको मोहनीबाट मुक्त गर्न गाह्रो भएपनि असम्भव चाही छैन । मदिराबाट मुक्तीका लागि सन् १९३५ मा अमेरिकामा स्थापित ए।ए। ९अल्कोहोलिक एनोनिमस०को १२ सुत्रिय कार्यक्रमको निकै प्रभावकारी छ । तर यो कार्यक्रम सबैका लागि उपयुक्त नहुन सक्दछ ।
औषधिका साथै मनोवैज्ञानिक उपचारद्धारा नै यस रोगबाट मुक्त हुन सकिन्छ । पुनर्वास कार्यक्रममा व्यावसायिक प्रशिक्षणको पनि महत्वपुर्ण भुमिका रहन्छ । हिजोआज मदिरा दुव्र्यसनीको उपचार र पुनस्र्थापनाका लागि विभिन्न उपचार पद्धतिहरु अपनाइएको पाइन्छ । प्रमुख उपचार पद्धतिहरु यस प्रकार छन् । जस्तैः औषधिद्वारा उपचार । मनोवैज्ञानिक उपचार जस्तैः व्यावहारिक चिकित्साः यसमा बाचचित, परामर्श, रिलेक्सेसन, एक्सरसाइज, डिएैन्जीटाइजेसन, ऐवर्जन थेरापी, ग्रुप थेरापी आदि । कग्निटिभ बिहाभियर थेरापी । वैकल्पिक उपचार । मदिरा दुव्र्यसनीको उपचार र पुनस्र्थापनाका लागि औषधि भन्दा पनि मनोशैक्षिक उपचार बढी प्रभावकारी हुन्छ ।
पुछारमाः
मदिरा एक खतरनाक लागुपदार्थ९ड्रग्स० हो र यसको सेवनले कुनै फाइदा हुँदैन, हानी नै हानी हुन्छ । मदिराले घरपरिवारको सत्यनाश बनाउँछ । समाजमा अपहेलित बनाउँछ । त्यसैले यो या त्यो कारणले मदिरा सेवन नगर्नु नै वेश हुन्छ । यदि कुनै कारणवश मदिराको मोहनीमा फसिएको छ भने यसले गर्ने चौतर्फी असरलाई मध्यनजर गर्दै तुरुन्तै यसको उपचारमा लाग्नु वेश हुन्छ । मदिराले मक्किएको शरीर मदिराको मोहनीबाट मुक्त भएपछि पुनः समान्य हुन सक्दछ । केही समय यता नेपालका प्रमुख शहरहरूमा मात्र होइन कि टोल–टोलमा समेत थुप्रै लागुऔषध–दुव्र्यसन पुनर्वास केन्द्रहरू ९सुधार केन्द्र० खुलेका छन् । तर यस्ता अधिकांश केन्द्रहरू अदक्ष मानिसहरूद्वारा संचालित छन् । अधिकांश यस्ता केन्द्रहरूको उद्देश्य जसरी हुन्छ पैसा धुत्ने हो ।त्यसैले यस्ता तथाकथित केन्द्रहरूप्रति उपभोक्ता सचेत हुन अत्ति आवश्यक छ । नत्र ‘पैसा जति धाँमीलाई, बेथा जति हामीलाई उखान चरितार्थ हुन सक्छ । यसकुरामा राम्रो जानकारी प्राप्त गरेर मात्र मदिराको मोहनीमा फसेका आफन्तहरूलाई उपचार र पुनर्वास प्रोग्रामका लागि पठाउनुपर्छ ।