प्लाष्टिक डिब्बा बन्द खानेकुरा मानव एवम् पर्यावरणका लागि मन्द विष ः डा. केदार कार्की
वरिष्ठ पशुचिकित्सक
सेवा निवृत्त प्रमुख
भेटेरिनरी जनस्वास्थ्य कार्यालय
त्रिपुरेश्वर, काठमाडौं ।
विज्ञानले मानिसको जीवनलाई सहज बनाइदिएको छ । नयाँ–नयाँ प्रविधिको आविष्कारले पहिले भन्दा प्रत्येक काममा तदारुकता ल्याइदिएको छ जसलेगर्दा मानिस जटिलभन्दा जटिल कामहरुलाई सजिलै गर्न सक्षम भएका छन् । यो धेरै दृष्यन्तहरुमा विकासको दृष्टिले धेरै लाभदायक पनि मानिन्छ । तर विज्ञान र प्रत्येक आविष्कारको दुई पाटा हुन्छ, लाभ र हानी । बेशक आविष्कारहरुले मानिसका लागि धेरै चीजहरुलाई सरल गरिदिएको छ एवम् कैयौ आविष्कारहरु त मानव जातिका लागि बरदान सावित भएका छन् तर यिनमध्ये कैयौं आविष्कारलाई आवश्कयता भन्दा बढी उपयोगले मानव जीवन एवम् पृथ्वीमा नकारात्मक प्रभाव पारेका छन् जसलेगर्दा पृथ्वीको साथै मानिसको अस्तित्व विनाशतर्फ द्रुत गतिले बढिराखेको छ । यसमा एउटा आविष्कार प्लाष्टिक पनि हो जसको फाइदा त हरेकले लामो समयदखि उठाइराखेका छन् तर कसैले सोचेका थिएनन् कि यी अकल्पनीय आविष्कार एक दिन अभिशाप बन्ने छ एवम् धर्ती, हावा, पानी र अन्तरिक्षसम्म मानिसका साथै जीवनजन्तुहरुको सास एवम् भोजनमा विष घोल्ने काम गर्नेछ । यो विडम्बना छ कि प्लाष्टिकबाट हुने नोक्सानको बारेमा थाहा हुँदा पनि हामीले यसबाट पहरेज गरेनौं अनि खाना राख्ने, पाकोपार्ने आदि कार्यमा यसको उपयोग गर्न थाल्यौं । परिणामस्वरुप हानिकारक प्लाष्टिकले हाम्रो शरीरमा पुग्ने एउटा अर्को माध्यम पाएको छ । जसलाई फुड प्याकेजिङ्ग एवम् अनलाई खानेकुराले प्रोत्साहित गरेको छ यसबाट पर्यावरणलाई ठूलो क्षती पुगिराखेको छ ।
कैयौं कम्पनीहरुले माइक्रोवेभ सेफ बिपिए उन्मुक्त प्लाष्टिक उत्पादन बढाइराखेका छन् तर यी पनि सुरक्षित छैनन् एवम् यिनमा खाना खानाले विरामीको खतरा बनिरहन्छ । किनकी कम्पनीहरुको यो मात्रा बजारीकरण गर्ने एउटा ताकि हो । कैयौं अनुसन्धानले ति एल्मुनियमको हानी नोक्सानीको बारेमा सजग गराएको छ । दर असल एल्मुनियमको उपयोगले इन्टेक अलजाइमर हुन सक्छ । दैनिक एल्मुनियमको उपयोग गर्नाले मष्तिष्कको कोषिकाको विकास दर घटाउँछ ।
विज्ञान र आविष्कारले मानिसहरुलाई यतिधेरै अल्छि बनइदिएको छ कि अव हरप्रकारको मनपरेको भोजन घरसम्म पठाउन लागिएको छ । भोजनको अनलाइन आपूर्ति गर्ने कैयौं अनलाइन कम्पनीहरु छ्यापछ्प्ती खुलेका छन् । हाम्रो आफ्ना परिवेशमा दराज ऐंचोपैंचो त छँदैछन् जसले मानिसलाई आकर्षित गर्नका लागि बेलाबेलामा विशेष उपहारसम्म दिन्छन् । यद्यपि यसमा कुनै समस्या छैन एवम् सुविधा पाउनु र व्यवसाय गर्नु त सबैको अधिकार नै हो तर समस्या त्यतिबेला खडा हुन्छ जब तात्तातो खानालाई प्लाष्टिकको थैलोहरु एवम् डिब्बामा पोखो पारिन्छ जसलेगर्दा तातो चीजको सम्पर्कमा आउनेवित्तिकै प्लाष्टिकको डिब्बामा भउको रसायन हाम्रो शरीरमा घुलमिल हुने गर्दछ र विस्तारै विस्तारै शरीरलाई नोक्सानी पु¥याउँछ त्यसैगरी एल्मुनियमले मन्द विषको काम गर्दछ । प्लाष्टिकका झोलाहरु वा प्लाष्टिकको डिब्बामा खाना खानेले प्लाष्टिकको साथै हाम्रो शरीरमा कैयौं हानिकारक रसायनहरु पुग्दछन् यिनमा सबैभन्दा खतरनाक एन्डोक्रिन डिस्ट्रकिङ्ग रसायनहरु हुन्छ जुन कि एकप्रकारको विष मानिन्छ जसले शरीरको हारमोन्सहरुलाई असन्तुलित गरिदिन्छ । जसले गर्दा हारमोन्सले काम गर्ने क्षमता गुमाउँछ । यसले भन्द विष जस्तो गरी काम गर्दछ एवम् लामो समयसम्म प्लाष्टिकको भाँडामा भोजन गर्नाले क्यान्सरको खतरा बढेर जान्छ । साथै अन्य विमारीहरु हुने सम्भावना पनि बनिराख्दछ । जसलेगर्दा मानिसको मृत्यु पनि हुनसक्छ । त्यही माइक्रोवेभमा पनि प्लाष्टिक प्लाष्टिकको डिब्बामा खाना तातो गर्नाले रसायन भोजनमा मिसिन्छ । कैयौ अनुसन्धान सामुन्ने आएको छ कि प्लाष्टिकको खाने भाँडाहरुबाट रसाउने रसायनका कारणले ब्रेष्ट (छात्ति) को क्यान्सर हुने खतरा बढेर जान्छ । यसबाट पुरुषमा वीर्य कोषिका शुक्रकिटको गुणात्मक संख्या घट्ने सम्भावना बढेर जान्छ । गर्भवती महिलाहरु एवम् केटाकेटीहरुलाई पनि यो नोक्सानदायक हुने गर्दछ । प्लाष्टिकको बोतलमा पानी पिउनाले पनि क्यान्सरको खतरा बढरे जान्छ । एउटै प्लाष्टिक बोतललाई पटक–पटक उपयोग गर्नाले पनि क्यान्सरको कारण बन्न सक्छ । आजभोली एउटा नयाँ परिपाटी चलेको छ जसमा फलफूल एवम् ड्राइफुडलाई प्लाष्टिकले बेरिन्छ यसको एउटा प्रक्रियामा समानलाई पातलो प्लाष्टिकमा राखिन्छ र त्यसलाई तनाइन्छ र फलफूलहरुमा टासिन्छ यसलेगर्दा प्याकिङ्ग भित्र हावा रहँदैन र सामान धेरैदिनसम्म सुरक्षित रहिरहन्छ तर यी पोसिलो फलफूलहरुमा रसायनकोरुपमा प्लाष्टिकको विष छुटेको हुन्छङ्ग भित्र हावा रहँदैन र सामान धेरैदिनसम्म सुरक्षित रहिरहन्छ तर यी पोसिलो फलफूलहरुमा रसायनकोरुपमा प्लाष्टिकको विष छुटेको हुन्छ । अनलाइन भोजन आपूर्ति गर्दा प्लाष्टिकको झोला एवम् प्लाष्टिकको डिब्बा प्रयोग गरिन्छ । यी भोजन खानाले हाम्रो पेट भरिन्छ तर प्लाष्टिकको सम्पर्कमा आएपछि खानामा मिसिएको रसायनले हामीलाई विस्तारै विरामी दिएर जान्छ । त्यही हो एक पटक मात्र प्रयोग गर्न सकिने प्लाष्टिकलाई खुल्लारुपमा फ्याकिने गरिन्छ जसले वातावरण एवम् पर्यावरणलाई असर पार्दछ यस्ता दृश्य काठमाडौंको गल्ली, बाटा, चोक चेकमा असरल्ल देखिन्छ ।
एकपटक मात्र प्रयोग गरिने भएकाले यी प्लाष्टिकका झोलाहरु रिसाइकिल पनि गर्न सकिदैन । त्यसैले यिनहरु जताततै फोहर मैलाकोरुपमा फालिएका हुन्छन् । झरीको भेल एवम् हावाले यसलाई नदीनला एवम् ढल प्रणालीमा पु¥याउँछ जहाँबाट यो समुद्रसम्म पुग्छ । त्यसैपनि दुनियाभरका प्लाष्टिकजन्य फोहरमैला पहिलेबाट नै समुद्रको एउटा ठूलो भागमा फ्याकिदिन्छ जसले जलीय जीवन प्रभावित भइराखेका छन् । प्लाष्टिकको यस बढ्दो समस्यालाई दृष्टिगत गर्दै वैश्वीक स्तरमा सबै देशहरुले आ–आफ्नो स्तरमा प्लाष्टिकका विरुद्धमा युद्ध घोषणा त गरेका छन् । कैयौं संगठनहरु एवम् मानिसहरु पनि आ–आफ्नोा स्रतमा काम गरिपनि राखेका छन् यद्ययपि प्लाष्टिक माथी रोका लागि जासमुदाय पनि जागुरुक हुनुपर्ने हुन्छ । प्लाष्टिकको उपयोग आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै आफूले पनि उपयोग एवम् उपभोग गर्न बन्द गर्नुपर्दछ किनकी स्वास्थ्य शरीरभन्दा ठूलो अरु सम्पत्ति हुँदैन त्यही खाद्य आपूर्ति गर्ने कम्पनीहरुले पनि प्लाष्टिकको साटो मोटो कागजमा खानेकुरा पोको पार्नको लागि पहल गर्नुपर्ने हुन्छ ।