माओवादीले छुट्टै ब्यानर टाँगेपछि पार्टी एकता दिवस कार्यक्रम सुरु

झण्डै तीन घण्टा लामो विवाद र अनिश्चयपछि माओवादी केन्द्रले छुट्टै ब्यानर टाँगेगलगत्तै पार्टी एकता स्थापना दिवस कार्यक्रम संयुक्त रुपमा सुरु भएको छ।
कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित छन्।
माओवादी केन्द्रले निर्माण गरेको ब्यानरमा विश्व कम्युनिष्ट आन्दोलनका पाँच हस्ती नेताहरु मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओको तस्वीर छन्।
कार्यक्रमको उद्घोषण एमालेका सचिव विष्णु पौडेलले गरेका छन्।


