हालै जिल्ला प्रशासन कार्यालय, सप्तरीद्वारा देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरुबारे जारी सूचना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली संस्कार, संस्कृति र परम्परा माथि आक्रमणको क्रम निरन्तर चलिरहेको परिस्थितिमा सुरक्षाको सवाल देखाउँदै यस वर्षको देउसी–भैलो स्वतन्त्रतापूर्वक खेल्न अवरोध सिर्जना गरि सरकारले निरीहतापन प्रकट गर्नु निन्दनीय रहेको छ । सरकारको यस हिन्दू विरोधी कदमको विश्व हिन्दू परिषद् नेपाल घोर भत्र्सना गर्दछ ।
देउसी–भैलो खेल्न विना कुनै समय सीमा निर्बाध रूपमा के दिन–के रात हप्ता दिनसम्म देउसी–भैलो खेल्ने र देउसी–भैलो मार्फत् उठेको दान (रकम) लगायतका सरसामाग्री संकलन गरेर, मन्दिर, चैते गुम्वा, पाटी पौवा, सतल, बाटो निर्माण, पधेरो, पानी धारा, लगायतका अनेकौं सामाजिक सेवाका कार्यहरू गर्ने गरेको तथ्य सर्वज्ञ छ । नेपाली धर्म, संस्कार, संस्कृति र परम्परा माथि भइरहेको आक्रमणलाई टेवा पुग्ने गरि देउसी–भैलो खेल्ने कार्यलाई प्रतिबन्ध लगाउनु खोज्नु नेपाल र नेपाली जनताको धार्मिक भावनामाथि ठाडो कुठाराघात रहेको हाम्रो ठहर हो । संस्कार संस्कृति र परम्परामाथिको आक्रमण हिन्दू समाजलाई सह्य हुने छैन ।
डान्सबार, डिसेम्बर अन्तिम एवं अन्य धर्माबलम्बीको धार्मिक कार्यक्रमहरुलाई बिना रोकटोक सञ्चालन गर्न दिई योजनावद्ध ढङ्गबाट देउसी–भैलो जस्तो आत्मीय पर्वहरूको खिल्ली उडाउँदै प्रतिबन्धको झलक प्रदान गर्ने कार्य राज्यपक्षबाटै गरिनु अत्यन्तै गम्भीर, चिन्ताजनक विषय हो । यस किसिमको सँस्कृति विरोधी कदमहरु प्रति पुर्नविचार गर्न सम्बन्धित पक्षलाई विश्व हिन्दू परिषद् नेपाल  ध्यानाकर्षण गराउँदछ । साथै सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीलाई पूर्ण उत्साहका साथ चाडपर्व मनाउन हार्दिक अपिल गर्दछ ।
जय श्रीराम । नेपाल आमाको जय ।।