पशुस्वास्थ्य व्यवस्थापन सल्लाहकार
अष्ट्रिज नेपाल, रुपन्देही

शहरीकरणको आशय शहरहरु निर्माणसँग जुन एउटा जटिल प्रक्रिया मानिन्छ जसबाट व्यक्ति अनि ठाउँ दुबै प््रभावित हुन्छ । शहरीकरणमको परिणामस्वरुप गैर कृषि क्षेत्रको गतिविधिहरुको प्रभुत्व हुन्छ तथा जनसंख्यामा संरचनात्मक परिवर्तन हुने गर्दछ । शहरुकरण ासमाकिज विकाश एवं आर्थिक परिवर्तनको प्राकृतिक परिणाम हो । शहरुकरणको एउटा प्रमुख कारण औद्योगिकीकरण पनि हो र उद्योगहरुको स्थापना शरीकरणलाई प्रोत्साहन मिल्दछ । एउटा गाउँ जब शहरमा परिवर्तन हुन्छ तब खेतीयोग्य भूमि, वन, चरण आदि नष्ट हुन्छ ।
वर्ष इ.सं. १९७५ मा विकासशील देशहरुमा २७ प्रतिशत जनसंख्या शहरमा बस्दथे । वर्ष २००० सम्ममा यो बढेर ४० प्रतिशत पुग्यो र एउटा अनु्मान अनुसार २०३० सम्ममा यो संख्या बढेर ५६ प्रतिशत हुनेछ । विकासशील देशको तुलनामा विकसित देश अत्यधिक शहरीकृत छन् । जहाँ ७५ प्रतिशत भन्दा बढी जनसंख्या शहरहरुमा बसिराखेका छन् । आर्थिक विकासका कारण नेपालमा पनि शहरुकरणलाई प्रोत्साहन मिलेकोछ । शहरुकरणले औद्योगिकीकरणलार्य जन्माएको छ । आज ठूला उद्योग शहरहरुको पहिचान बनिसकेका छन् । यस बाहेक शहरीकणकै परिणामस्वरुप मोटर गाडिहरुको संख्यामा अभूतमपूर्व बृद्धि भएको छ । शहरमा उद्योगहरु तथा मोटर गाडीहरुमा उपयोग हुने यन्धनहरुबाट उत्सर्जित हुने कार्वनडाइअस्साइड, नाइट्रसअक्साइड तथा नाइट्रोजन डाइअक्साइड ग्यासहरुले जलवायु परिवर्तन जस्तो गम्भीर खतरालाई जन्म दिएको छ । यसको अतिरिक्त शहरुहरुमा ठूलो मात्रामा उपयोग हुने एअरकन्डिशनर तथा रेफ्रिजेरेटर (प्रशितक यन्त्र) बाट निस्कने क्लोशेफलोरो कार्वन नामक रसायनबाट पनि जलवायु परिवर्तनलाई गम्भीर खतरा हुने गर्दछ । शहरीकरणको परिणामस्वरुप उद्योगहरु मोट गाडीहरु, एयर कन्डिसनर, रेफ्रिजेरेटरहरु आदिबाट उत्सर्जित हुने कार्वनडाइअक्साइड, नाइटस अक्साइड, क्लोरोफलोरो कार्वन्स तथा ओजोन जस्ता हरित ग्यासहरु वैश्वीक तपनका लागि उत्तरदायी मानिन्छन् ।
वैश्वीक तपनको प्रमुख कारण हतिगृह प्रभाव हो । जसमा वातावारणमा मौजुदा केही ग्यासहरु पृथ्वीको सतहसँग ठोक्किएर फर्कने सूर्यका किरणहरुलाई अवशोषित गरिलिन्छन् जसले गर्दा पृथ्वीको तापमानमा बृद्धि हुन्छ । कार्वनडाइअक्साइड, क्लोरोफ्लोरो कार्वन्स, मिथेन, नाइट्रसअक्साइड तथा क्षेभमण्डलीय ओजोन ती प्रमुख ग्यास हुन जुन वैश्वीक तपनका लागि जिम्मेवार मानिन्छनु ।
कार्वनडाइअक्साइड पर्यावरणमा ०.५ प्रति वर्षका दरले बढिराखेको छ जुन साधारणतया जीवाश्म इन्धनहरु कोइला, पेट्रोल, डिजेल आदि बाल्नाले उत्सर्जित हुने गर्दछन् । वन विनास पनि यसको पर्यावरणमा बढोत्तरीको एउटा प्रमुख कारण मानिन्छ । शहरहरुको विस्तारबाट वन विनास जस्ता समस्यालार्य प्रोत्साहन मिलेको छ । वन कार्वनडाइअक्साइडको प्रमुख अवशोषक मानिन्छ । वन विनाका कारण २० प्रतिशत कार्वनडाइअक्साइडको पर्यावरणमा जुडाव हुने गर्दछ । कार्वनडाइअक्साइडले पृथ्वीको तापमानलाई ५० प्रतिशतसम्म बढाउँछ । एक अनुमान अनुसार उन्नाइसौं शताब्दीको मध्यसम्म कार्वनडाइअक्साइडको पर्यावरणमा २५ प्रतिशतसम्म बृद्धि भएको छ जुन २०३० सम्म दुगुना हुन सक्छ । पूर्व औद्योगिकीकरण कालको तुलनामा वायुमा कार्वनडाइअक्साइडको स्तर ३१ प्रतिशत बढेको छ । क्लोरोफ्लोरो कार्वन्स रसायनको उपयोग आमतौरले उत्प्रेरक, प्रशितक तथा ठोश प्लास्टिक पंखाका रुपमा हुन्छ । सि.एफ.सी. ११, सि.एफ.सी. १२ क्लोरोफ्लोरो कार्वन्सको दुई प्रमुख रुप हुन जुन पर्यावरणमा ५ प्रतिशत प्रतिवर्षका बढिराखेको छ । यस समूहका रसायन पर्यावरणमा अत्यधिक स्थिर हुन्छन् । औद्योगिकरणका कारण २५ प्रतिशत क्लोरोफ्लोरो कार्वन्को जुडाव पर्यावरणमा हुने गर्दछ । शहरीकरणबाट प्रभावित उत्तरी अमेरिका तथा युरोप महाद्वीपका विकसित देशहरु क्लोरोफ्लोरो कार्वन्स उत्सर्जनका लागि उत्तरदायि मानिन्छन् ।
नइट्रसमक्साइड पर्यावरणमा ०.३ प्रतिशतका दरले बढिराखेको छ । जीवास्म इन्धन पर्यावरणमा मौजुदा यस ग्यासको प्रमु्ख श्रोत मध्ये एक मानिन्छ । जीवास्म इन्धन नाइट्रसअक्साइडको २०–३० प्रतिशतसम्म पर्यावरणमा बृद्धिका लागि जिम्मेवार मानिन्छ । वैश्वीवक तपनमा यस ग्यासको ५ प्रतिशत योगदान छ ।
क्षोभमण्डलीय ओजन ग्यास पनि वैश्वीक तपनका लागि जिम्मेवार मानिन्छ जुन ०.५ प्रतिशत प्रतिवर्षका दरले बढिराखेको छ । ओजोनको निर्माण आमतैरबाट सूर्यको पैकाशको उपस्थितिमा नाइट्रसअक्साइड तथा हाइड्रोकार्वन्सको प्रतिक्रिया स्वरुप हुने गर्दछ । नाइट्रोजनअक्साइडको प्रमुख श्रोत जीवास्म इन्धन मानिन्छ । ओजोन ग्यासको वैश्वीक तपनमा २ प्रतिशतको योगदान छ ।
वैश्वीक तपनको कृषि क्षेत्रमा संभावित प्रभाव ः
वर्तमान वश्वीक तपन दुनियाको एक प्रमुख पर्यावरणीय समस्या हो किनकि तापमानमा बृद्धिले दुनियाको जवलवायुमा अभूतपूर्व परिवर्तन हुनेछ जसको प्रभाव कृषिक्षेत्रमा पनि पर्नेछ । वैज्ञानिकका अनुसार यस शताब्दीको अन्त्यसम्म वैश्वीक तापमानमा १.४ देखि ४.८ डिग्री सेल्सियससम्म बृद्धिको सम्भावना छ । पछिल्लो ५० वर्षको तापमान तथ्याङ्कको विश्लेषणबाट यो ज्ञात हुन्छ कि भारतीय उपमहाद्वीपमा सितऋतुमा ०.७ डिग्री सेल्सियस तथा गृष्मऋतुमा १.४ डिग्री सेल्सियससम्म तापमानमा बृद्धि भएको छ ।
नेपाल एउटा उष्णकटिवन्धिय, उपोष्णकटिबन्धीय शितोष्ण तथा समसितोष्ण देशको । जहाँको जलवायु पहिलेदेखि नै उष्ण छ यस्तोमा तापमानमा बृद्धिले हाम्रो समतल तराई मधेसको जलवायु अझ उष्ण हुनेछ जसको कृषिक्षेत्रमा ऋणात्मकको साथसाथै धनात्मक प्रभाव पर्नेछ ।
तापक्रम बृद्धिका कारण ऋद्ध प्रकारका प्रकाश संश्लेषण गर्ने बालीनाली जस्तै उखु, ज्जार तथा बाजराको उत्पादनको दरमा बृद्धि हुनेछ जवकी यसको विपरित ऋघ प्रकारको काश संश्लेषण गर्ने किसिमका बालीनालीहरु जस्तै ः गहुँ, धान, जौ तथा आलुको उत्पादनमा कमी आउनेछ । तापमानमा बृद्धिका कारण दालजन्य बालीनालीहरुमा नाइट्रोजन स्थिरीकरणको दरमा बृद्धिका कारण यी बालीनालीहरु जस्तैः अरहर, केराउ, चना, उडद, मसुरो, भटमास, बदामको उत्पादनमा बृद्धि हुनेछ । यसको विपरित तेलजन्य बालीनाली जस्तै सरस्यौं, सूर्यमुखी, आलस, कुसुमको उत्पादनमा गरावट हुनेछ । बालीनालीलाई क्षती पु¥याउने खालका किराफट्याङग्राहरुको संख्यामा हुने बृद्धिको परिणाम स्वरुप कपास जस्ता बालीनालीको उत्पादनमा अभूतपूर्व ह्रास हुनेछ । साथै अन्य बालीनालीहरुमा पनि प्रभावित हुनेछन् जस्काकारण किटनाशकहरुको उपयोग दरमा व्यापक बृद्धि हुनेछ । यसपाली नेपालमा मकैमा व्यापक देखिएको अमेरिकी फौजी किराको आक्रमण यसै सन्दर्भमा लिन सकिन्छ ।
वातावरणमा कार्वनडाइअक्साइडको बृद्धिका कारण बालीनालीहरुमा कार्वन स्थिरीकरण्को दरमा बढोत्तरी हुनेछ जसबाट माटोबाट अधिक पोषकहरुको अवशोषण हुनेछ परिणामस्वरुप माटोको उर्वरा शक्तिमाथि विपरित प्रभाव पर्नेछ । माटोको उर्वरा शक्ति बढाइराख्नका लागि रसायनिक उर्वरकहरुको उपयोगको दरमा बृद्धि हुनेछ । तापमानमा बृद्धिका कारण माटोमा कार्वनिक पदार्थको विघटनको दरमा तेजी आउनेछ जसको पणिमस्वरुप पोषक चक्रको दर प्रभावित हुनेछ । जसले गर्दा उर्वरा शक्ति अव्यवस्थित हुने छ । तपनको फलस्वरुप पोस्सी, साइप्रेसी, फैबेसी, युर्फोवियेसी, एवं अमरेन्थेसी कुलहरुसँग सम्बन्धित झारपातको संख्यामा बृद्धि हुनेछ । जसका कारण बालीनालीहरुको उत्पादनमा विपरित प्रभाव पर्नेछ । बालीनाली रक्षको लागि झारपात नाशकहरु माथी निर्भरतामा बृद्धि हुनेछ ।
तपनले गर्दा ध्रुवीय हिमनदीहरु पग्लिनाको कारणले समुन्द्री जलस्तरमा बृद्धि हुनेछ परिणामस्वरुप तटियक्षेत्र जलमग्नता तथा लवणताको शिकार हुनेछन् जसलगर्दा यी क्षेत्र बेकार भूमी ९ध्बकतभबिलम० मा परिवर्तित हुनेछन् । यसले गर्दा कृषियोग्य भूमिको क्षेत्रफलमा गिरावटका कारण खाद्यान्न उत्पादनमा कमी आउनेछ । तपनका कारण वाष्पिकरण तथा वाष्योत्सर्जनको दरमा बृद्धि हुनेछ परिणामस्वरुप माटोमा पानीका साथै जलासयमा पानीको कमी हुनेछ जसले गर्दा वालीनालीलाई प्रर्याप्त पानी उपलब्ध नहुनाको कारण तीनको उत्पादनमा प्रभावित हुनेछ । वैश्वीक तपनको सर्वाधिक प्रभाव धान जस्ता वालीनालीमा पर्नेछ जसको उत्पादन पानीको उपलब्धतामा निर्भर हुन्छन् । यसको अतिरिक्त पानीको कमीका कारण माछा उत्पादनमा कमी आउनेछ । वैश्वीक तपनका कारण देशमा वालीनाली पद्धतिलाई पनि व्यापक रुपले प्रभावित गर्नेछ । ताप बृद्धिले आँपको उत्पादनमा बृद्धि हुनेछ भने स्याउको उत्पादनमा ह्रास हुनेछ ।
वैश्वीक तपनले कृषिक्षेत्रमा व्यापक प्रभाव पार्नेछ । एकातिर जहाँ उखु,ज्वाट, बाजरा, अरहर, भटमास, बदाम ज स्ता बालीनालीको उत्पादनमा बृद्धि हुनेछ त्यही अर्कोतिर गहुँ तथा धान जस्ता मुख्य बालीनालीहरुको उत्पादनमा गिरावटका कारण भुखमरी तथा कुपोषण जस्ता समस्या उत्पन्न हुनेछ । यस बाहेक किटनासकहरु, झारपातनाशकहरु तथा रसायनिक उर्वरकहरु माथी निर्भरतामा बृद्धि हुनेछ जसको फलस्वरुप पर्यावरण प्रदूषित हुनेछ तथा किसानहरुको आर्थिक स्थितिमा गिरावट हुनेछ ।